arrow

लगानी सम्मेलनमा चौधरी ग्रुपको ४ सम्झौता, सोलार प्लान्टदेखि टेलिकम्युनिकेशनसम्म

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
bindo-chaudhary.jpg

काठमाडौं। चौधरी ग्रुपले उर्जा क्षेत्रका विभिन्न चार परियोजनाहरुमा सम्झौता गरेको छ। शनिबार राजधानीमा सम्पन्न नेपाल लगानी सम्मेलन २०७५ को क्रममा चौधरी ग्रुप र विभिन्न आयोजनाहरुबीच लगानीको लागि सम्झौता भएको हो।

चौधरी ग्रुपले भारतको सरार्फ ग्रुपसंगको साझेदारीमा लजिस्टिक पार्क बनाउने भएका छन्। सो समझदारीपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सर्राफ ग्रुपका कार्यकारी निर्देशक सलाह सर्राफले हस्ताक्षर गरे। नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी भयो छ। उक्त सम्झौतामा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी एल्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।

त्यस्तै सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको मोबाइल सेवा प्रदायक कम्पनी टुर्क सेलबीच पाँचै पुस्ताको मोबाइल नेटवर्क नेपालमा विस्तार गर्ने समझदारी भएको छ। सो समझदारीमा सिजी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र टुर्कसेलका व्यापार प्रमुख एनसिजेट मुराट इर्किनीले हस्ताक्षर गरे। 

सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच पनि सम्झौता भएको छ। सो सम्झौताको लागि चौधरी इन्फ्रास्टक्चर कम्पनीको प्रबन्ध निर्देशक निर्वाण चौधरी र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच सम्झौता भएको हो। 

त्यसैगरी, चौधरी ग्रुपको मुख्य लगानी रहेको नबिल बैंक सहित एभरेष्ट बैंक र भारतको स्टेट बैंक अफ इण्डियाको संयुक्त लगानीमा कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। साथै भारतको मुथोड फाइनान्सले युनाइटेड फाइनान्स लिमिटेडलाई ३९ करोड ९० लाख लगानी गर्ने घोषणा समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ