arrow

नेपालका टेलिकम कम्पनीको नाफा संसारकै महंगो, विकसित देशमा भन्दा दोब्बर बढी नाफा

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
Pro_Ktm_Mahalekha_(1)e.jpg

काठमाडौं । नेपालमा सेवा प्रदान गरिरहेका टेलिकम सेवा प्रदायकहरुले दिने सेवा संसारकै सबैभन्दा महंगो रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को वार्षिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरे अनुसार टेलिकम सेवा प्रदायकहरुले दिने सेवा संसारकै महंगो रहेको देखिएको हो ।

No photo description available.

उपभोक्ता संरक्षण ऐन २०७५ को उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४(२)(घ) बमोजिम वस्तु वा सेवाका उत्पादन बिक्रेता वा वितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था मन्त्रालयले गर्ने उल्लेख भएपनि नेपालमा २ टेलिफोन सेवा प्रदायकले देशभर मोबाइल तथा टेलिफोन सेवा उपलब्ध गराउँदै आएको र ३ टेलिफोन सेवाले निश्चित क्षेत्रमा मात्र सेवा उपलब्ध गराउँदै आएका छन् ।

नेपालमा दूरसञ्चार सेवाको मूल्यनिर्धारण गर्ने प्रयोजनको लागि नेपाल दूरसञ्चार प्राधिकरणले खुलाबजारमा प्रतिस्पर्धाको आधारमा हुने गरी शुल्कको अधिकतम सीमा निर्धारण गरेको भएपनि तथापी उक्त सेवा प्रदायकले निर्धारण गरेको दूरसञ्चार सेवाको मूल्यमा नाफाको हिस्सा र विश्वका विभिन्न मुलुकका दूरसञ्चार सेवा प्रदायकले आर्जन गरेको सञ्चालन नाफा (ब्याज, कर, ह्रास कट्टी र एमोर्टाइजेसनभन्दा अघिको नाफा) को तुलनामा निकै धेरै रहेको महालेखाको प्रतिवेदनले औल्याएको छ । 

महालेखाका अनुसार अमेरिकाको एक टेलिफोन सेवा प्रदायक कम्पनीले गत सेप्टेम्बरसम्मको विवरण अनुसार ३० दशमलव ६ प्रतिशत मात्रै सञ्चालन नाफा लिने गरेको छ । त्यस्तै, अमेरिकाकै एक कम्युनिकेसन कम्पनीले सोही समयसम्मको विवरण अनुसार ३४ दशमलव १७ प्रतिशत सञ्चालन नाफा लिने गरेको छ । अर्काे तर्फ बेलायतको एक टेलिफोन सेवा कम्पनीले मार्चसम्म ३१ दशमलव ६० प्रतिशत मात्रै सञ्चालन नाफा लिने गरेको छ । युरोपकै एक टेलिफोन गु्रपले कूल ३१ दशमलव ९ प्रतिशत मात्रै सञ्चालन नाफा कमाउने गरेको छ । जर्मनीको एक टेलिकम कम्पनीले त जम्मा २४ प्रतिशत मात्रै सञ्चालन नाफा कमाउने गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । जर्मनीको भने सन् २०१७को विवरण हो । 

त्यस्तै, युरोपको एक टेलिफोन सेवा प्रदायक कम्पनीले ३३ दशमलव ३३ प्रतिशत मात्रै सञ्चालन नाफा कमाउँदा जापानको टेलिकम कम्पनीले ३० दशमलव ९ प्रतिशत मात्रै सञ्चालन नाफा कमाउने गरेको छ । जापानकै अर्काे टेलिकम कम्पनीले ३१ प्रतिशत सञ्चालन नाफा कमाउने गरेको छ । यही दर चीनमा ३१ दशमलव ५ प्रतिशत, मलेसियामा ३७ दशमलव ८ प्रतिशत र भारतमा ३६ दशमलव ४० प्रतिशत सञ्चालन नाफा टेलिकम कम्पनीहरुले कमाउने गरेका छन्। 

महालेखा परीक्षकका अनुसार नेपालमा यो नाफा नेपाल टेलिकमको ५८ प्रतिशत र एनसेलको ६२ दशमलव ४ प्रतिशत रहेको महालेखाले जनाएको छ । यसरी विश्लेषण गर्दा विश्वका विभिन्न मुलुकहरुका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा २४ देखि ३७.८ प्रतिशतसम्म रहेकोमा नेपालका सेवाप्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकोले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश अधिक रहेको ठहर महालेखाले गरेको छ । यसरी सञ्चालन नाफामा अत्याधिक अन्तर हुनुको औचित्यता सम्बन्धमा नियमनकारी निकायले विश्लेषण नगरेको आरोप समेत महालेखाको छ । 

सर्वसाधारणले महंगो मूल्यमा सेवा लिनुपर्दा उपभोक्ताको हित संरक्षण हुन नसकेको र यस्ता सेवा प्रदायकको मूल्य निर्धारणको आधारबारे सूचना तथा सञ्चार प्रबिधि मन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा निरन्तर अनुगमन गरी गुणस्तर र मूल्य नियमन गर्नुपर्ने समेत महालेखाले ठहर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ