arrow

चौधरी ग्रुप देशभित्रै एकपछि अर्को गर्दै गुणस्तरीय होटल निर्माणमा, यस्ता छन् विशेषता 

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
chaudhary-group-hotel.jpg

काठमाडौं । विश्वका विभिन्न ठाउँहरुमा सिजी हस्पिटालिटी अन्तर्गत लग्जरी होटलमा लगानी गर्दै आएको चौधरी ग्रुपले नेपालमा पनि बिश्वस्तरका होटल तथा रिसोर्टमा लगानी गर्न थालेको छ । 

पछिल्लो समय ललितपुरको झम्सिखेल, चितवनको मेघौली, चितवनमा नै ‘द फर्न रेजिडेन्सी’ बिजनेश होटल सञ्चालनमा ल्याईसकेको छ । चौधरी ग्रुपले खोलेका नयाँ होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बिश्वस्तरको सुबिधा दिन सक्ने बताइएको छ ।


 
झम्सिखेलमा ताज भिभान्ता, चितवनको मेघौलीमा ताज मेघौली सेराई नामको जंगल सफारी रिसोर्ट र द फर्न रेजिडेन्सीको विजिनेस होटल संचालनमा ल्याइसकेको छ । 
चौधरी समूह अन्तर्गतकै सिजी होटल्स एण्ड रिसोर्टले युएई, श्रीलंका, भारत, रुवाण्डा जस्ता देशहरुमा नाम चलेका बिश्वका कतिपय स्टार लक्जरी होटलहरुको सहकार्यमा तथा एक्लै समेत होटल संचालन गर्दै आएको छ । 

चौधरी समूहको लगानी रहेका स्टार होटलहरु बिश्वभरी नै छरिएर रहेको बताइन्छ । नेपाल भित्रै भने होटल तथा रिसोर्टमा लगानी भित्राउन थालेको लामो समय भएको छैन ।     

भरतपुर महानगरपालिकामा सञ्चालनमा ल्याईएको सो सुविधायुक्त होटल पर्यटकको रोजाईमा पर्न सक्ने विश्वास चौधरी समूहको रहेको छ । सो होटल बनेसँगै त्यस क्षेत्रका लागि एउटा युगान्तकारी फड्को हुने विश्वास लिएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौडेलले बताए । 

उनका अनुसार अब एउटै छानाभित्र ग्राहकहरुले स्वीमिङ पुल, फिल्म हलदेखि, बैंकको सुविधासम्म पाउने छन् । चौधरीको यो होटलमा यस अघिका होटलको भन्दा भिन्न र थप सुविधा दिने बताए । अब एउटै भवन भित्र छिरेपछि सपिङमलदेखि फिल्महलसम्मको सुविधा लिन सकिनेछ । 

झण्डै ३ महिना अघि ललितपुरको झम्सिखेलमा चौधरी ग्रुप र एनई ग्रुपले संयुक्त रुपमा काठमाडौं भिभान्ता नामको होटल सञ्चालनमा ल्याएका थिए । सम्पूर्ण व्यवस्थापन ‘इन्डियन होटेल्स कम्पनी लिमिटेडले सम्हाल्ने गरी सञ्चालनमा आएको ‘भिभान्ता काठमाडौं’ सिजीको दोस्रो परियोजना हो । काठमाडौं भिभान्तामा कूल ११० कोठाको रहेको छ । 

यो भन्दा पहिले नै सीजी हस्पिटालिटीद्वारा चितवनमा ‘मेघौली सेराई’ नामबाट विश्वस्तरीय जंगलसफारी रिसोर्ट सञ्चालनमा ल्याएको छ । जुन ‘एल–अफिसियल’ म्यागेजिनले प्रकाशित गरेको संसारका सुन्दर होटलहरुको सूचीमा समेत परिसकेको छ । 

नेपालको यो रिसोर्ट सो सूचीमा परेसगै बिश्वस्तरमा चर्चामा रह्यो । महंग्गो खर्च गरेर जंगल सफारिको लागि बिदेशिने नेपालीहरुलाई समेत यस मेघौली सेराईले नेपालमा नै सेवा दिन सक्ने आंकलन गरिएको छ । आन्तरिक पर्यटनमा निस्किनेहरुका लागि चितवनमा बनेका सुविधासम्पन्न रिसोर्ट तथा होटलहरुले भरपूर आनन्द दिन सक्ने छन् । 

चौधरी ग्रुपले भरतपुरमा सञ्चालनमा ल्याएको ‘फर्न रेजीडेन्सी’ होटलको भवन १० तल्लाको रहेको छ । त्यसको माथिल्ला ४ तल्ला होटलको लागि प्रयोग गरिनेछ भने बाँकी रहेको ६ तल्लामा सिनेमा हल, सिनेमा घर, बैंक, सपिङ सेन्टर र ट्राभल एजेन्सी जस्ता सेवाहरु प्रदान गरिने चौधरी ग्रुपले जनाएको छ । 

सोही होटलबाट चितवन आसपासको सुन्दर वातावरणीय सुन्दरताको दृश्यावलोकन गर्न सकिने बताईएको छ ।  गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्यले देश भित्रै होटल तथा रिसोर्टमा लगानी बढाएसगै पर्यटक भित्राउन समेत महत्वपूर्ण हुने बिश्वास लिएको चौधरी समूहले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ