arrow

तेह्रथुममा चैत्र १६ गतेदेखि मतदाता नामावली संकलन हुदै

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७२ चैत ५ शुक्रबार
voter-photo.jpg.jpeg
तेह्रथुम। तेह्रथुममा चैत्र १६ गतेदेखि बैशाख ३ गतेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम सन्चालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयले विभिन्न गाविसमा पुगेर घुम्ती शिविर सञ्चालन गरी  मतदाताहरुको नयाँ नामावली दर्ता तथा अद्यावधिक गर्न लागेको हो। 
 
चैत १६ गतेदेखि सुरु हुने कार्यक्रमकालागि जिल्लाका पुर्वी र पश्चिमी गाविसमा छुट्टाछुट्टै टोली खटिने जनाइएको छ। गाउँमा शिविर सन्चालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले तोकेका निर्वाचन शिक्षा कार्यकर्ताहरुले घर घरमा पुगेर कार्यक्रमबारे जानकारी र अद्यावधिक गर्नुपर्ने विवरण संकलन गर्नेछन्। 
 
त्यसरी संकलन गरिएको तथ्यांक पछि शिविरमा खटिएका कर्मचारीले अपडेट गर्ने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर दीपक भण्डारीले बताए। जिल्लाका पुर्वी ईवा गाविसकालागि चैत्र १६ र १७ गते गाविसको कार्यालयमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सन्चालन हुनेछ।
 
यस्तै छातेढुंगाकालागि चैत्र १९ र २० गते, चुहानडाँडाकालागि चैत्र २२ सय २३ गते, सिम्ले गाविसकालागि २५ र २६ गते, जलजले गाविसकालागि चैत्र २८ र २९ गते र ओयाक्जुङकालागि बैशाख २ र ३ गते मतदाता नामावली संकलन शिविर सम्बन्धित गाविसमा सन्चालन हुनेछ। 
 
यस्तै पश्चिमी गाविसहरुतर्फ मोराहाङमा चैत्र १६ र १७ गते, सुङनाममा १९ र २० गते, बसन्तपुरमा २२ सय २३ गते, हमरजुङमा २५ र २६ गते, ओख्रेमा २८ र २९ गते र सोल्मामा बैशाख २ र ३ गते मतदाता नामावली संकलन शिविर सन्चालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 
 
शिविर सन्चालन हुने गाविसमा चैत्र ८ गतेदेखि २३ गतेसम्म निर्वाचन शिक्षा कार्यकर्ताहरुले नयाँ नामावली तथा सच्याउनुपर्ने भए त्यसको विवरण संकलन गर्नेछन् । सोही अनुसार शिविरमा खटिएका दर्ता कर्मचारीले तथ्यांक अपडेट गर्ने कार्यालयका कम्प्युटर अपरेटर भण्डारीले जानकारी दिए।
 
हाल दुई नगरपालिका र २१ गाविस रहेको जिल्लाका विभिन्न १२ स्थानमा घुम्ती शिविर सन्चालन गरी नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सन्चालन हुने लागेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ