arrow

फोरजी सेवाका लागि हुवावेईसँग चौधरी ग्रुपको १० करोड डलरको सम्झौता

logo
प्रकाशित २०७६ असार १८ बुधबार
cg-huawei.jpg

काठमाडौं। चौधरी ग्रुपले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईसँग फोरजी इन्टरनेट सेवाको लागि १० करोड डलरको सम्झौता गरेको छ। अमेरिकाले हुवावेईका उत्पादनमा जोखिम रहेको भन्दै उसका उपकरण खरीद नगर्न सुझाइरहेको अवस्थामा चौधरी ग्रपले हुवावेईसँग उक्त सम्झौता गरेको हो।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नयाँ फोरजी नेटवर्कका लागि शुरुमा २५ करोड डलरबराबरको रकम लगानी गरिने बताएका छन्। उनले कम्पनीले निःशुल्क भ्वाइस सेवाको पनि व्यवस्था गर्ने बताएको छ। तर, विशेषगरी डाटामा ध्यान पुर्‍याउने कम्पनीको तयारी छ। अनलाइन भुक्तानी तथा अन्य सेवामा पनि विशेष जोड दिने चौधरीले बताएका छन्। 

अहिले चौधरी ग्रुप नयाँ दूरसञ्चार कम्पनी स्थापना गर्ने तयारीमा छ। ग्रुपका अध्यक्ष चौधरीले अहिले फोरजी सेवाको लागि हुवावेईले उपकरण आपूर्ति गर्ने र पछि त्यसैलाई फाइभजीमा विस्तार गरिने बताएका छन्। उनले चिनियाँ कम्पनीसँगको सहकार्यमा कुनै समस्या नहुने पनि बताएका छन्। उनले चिनियाँ कम्पनीसँग पनि सिमेन्ट क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने आफ्नो योजना रहेको बताएका छन्।

चौधरीले अबको तीनदेखि चार वर्षमा नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी बन्ने विश्वास व्यक्त गरेका छन्। त्यसका लागि आफूहरुलाई नयाँ प्रविधिले सहयोग पुर्‍याउने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ