arrow

चीनको मुस्लिममाथिको प्रतिबन्ध हटाउन २२ मुलुकको माग

logo
एजेन्सी
प्रकाशित २०७६ असार २६ बिहिबार
china4.png

काठमाडौं । चीनले मुलुकमा उइगर मुस्लिम नागरिकमाथि लगाएको धेरै किसिमको प्रतिबन्धको विरुद्धमा अन्तर्राष्ट्रिय समुदायले आवाज उठाएका छन् । 

मानवाधिकार निगरानी संस्था (ह्युमन राइट्स वाच)का अनुसार २२ पश्चिमी मुलुकले चीनसँग उक्त माग गरेका हुन् । चीनको सिन्चियाङ क्षेत्रमा उइगर र अन्य मुस्लिमलाई चीनले नजरबन्दमा राखेको उनीहरुको आरोप छ । जसमा सिन्चियाङमा चीनको नीतिबारे चिन्ता व्यक्त गर्ने दिशामा एक सांकेतिक कदम हो । 

मानवाधिकार समुह र अमेरिकाले सिन्चियाङमा करीब १० लाख मुस्लिम नागरिक रहेको अनुमान गर्दै आएका छन् । तर, चीनले भने मानवअधिकार उलंघनको आरोप अस्वीकार गर्दै आएको छ । 

उसले मुस्लिम नागरिकलाई कट्टरपन्थसँग लड्न तथा रोजगारीको लागि कौशल सिकाउन प्रशिक्षण स्कुलमा राखिएको बताउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ