arrow

चौधरी ग्रुपको व्यापार बिस्तार, सुनसरीको इन्डस्ट्रियल पार्कबाट वाईवाईको उत्पादन 

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
wai-wai.jpg

विराटनगर। चौधरी ग्रुप अफ इन्डस्ट्रिजले ब्यापार विस्तार गरेको छ । उक्त क्रममा चौधरी ग्रुपले सुनसरीको गढी गाउँपालिकामा नवनिर्मित चौधरी ग्रुप इन्डस्ट्रियल पार्क (सिजीआइपी) बाट वाईवाई चाउचाउको उत्पादन गर्न थालेको हो । 

उक्त सिजीआइपीको दुई वर्षअघि शिलान्यास गरिएको थियो । चौधरी ग्रुपका सञ्चार संयोजक मधुसूदन पौडेलका अनुसार प्रदेश नम्बर १ भरिको बजारलाई लक्षित गरेर सिजीआइपीले वाईवाई उत्पादन गर्न थालेको हो । अहिले दैनिक ४ लाख ५० हजार प्याकेट वाईवाई तयारी चाउचाउको उत्पादन त्यहाँबाट भइरहेको  पौडेलले बताए । 

सिजीआइपीमा पनि ७ थरीकै ब्रान्डका चाउचाउको उत्पादन जारी रहेको पौडेलले बताए । चौधरी ग्रुपले मुलुकका सातै वटा प्रदेशमा इन्डस्ट्रियल पार्क बनाउने योजना राखेको छ । 

सोहीअनुसार प्रदेश नम्बर १ को पार्क वाईवाईको उत्पादनबाट सञ्चालनमा आएको हो। पार्कबाट खाद्य र पेय पदार्थमा हाम्रा थुप्रै उत्पादन हुने छन् । 

यो पार्क बनेसंगै गढी गाउँपालिकाका स्थानीय भने खुशी भएका छन् । नजिकै उद्योग स्थापना भएपछि वैदेशिक रोजगारीको लोभ त्यागेर घरमै रहेर काम गर्न सक्ने वातावरण सीजीआइपीले बनाइदिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ