arrow

विनोद चौधरीलाई ‘आउटस्ट्याण्डिङ लिडर-सार्क’को उपाधि

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
binod-chaudhary-award.jpg

काठमाडौं। चौधरी समुहका अध्यक्ष बिनोद कुमार चौधरी मुम्बईमा भएको ‘सिईओ अवार्ड-२०१९’ मा ‘आउटस्ट्याण्डिङ लिडर-सार्क’को उपाधिले सम्मानित भएका छन्।

उनी पुरस्कार पाउने एक मात्र गैर भारतीय हुन् र पहिलो नेपाली। सार्क क्षेत्रमा सबैलाई उछिन्दै उक्त उपाधि चौधरीले पाएका हुन्।

उक्त सम्मान पछि उनले भने ’हामी धेरै बर्षदेखि सार्कमा काम गरिरहेका छौं। अझै धेरै गर्न बाँकी छ र अब समय आएको छ हाम्रो रफ्तार बढाउने’।

नेपालको पहिलो र एक मात्र अरबपति ब्यापारी चौधरीको १ सय ७० वटा कम्पनी रहेका छन्। उनको खाद्य पधार्थ, बिद्युतिय सामाग्री, सिमेन्ट, घर जग्गा निर्माण, होटल, आर्थिक क्षेत्र, दुरसंचार आदी लगायतका क्षेत्रहरुमा लगानी रहेको छ।

उनको होटलहरु नेपाल, श्रीलंका, अमेरिका,मालदिव्स, फिलिपिन्स, चाईना, युएई र सेसेलसमा रहेका छन्। उनको होटल सेवा क्षेत्रमा लगानी बढ्दोक्रममा रहेको छ।

सिजी कर्प ग्लोबलका निर्देशक बरुण चौधरीले उक्त समाहरोमा आफ्ना पिताको तारिफ गर्दे भनेका छन्-‘एउटा सानो देशको साधारण मान्छेको ठूलो सपना, मेरो पिताको परिचय हो। आफ्ना सपनाहरुलाई पछ्याउन छाडेनन् र आज यहाँ आईपुगियो’।  

उक्त कर्यक्रममा अरु सम्मानित ब्यक्तिहरुमा बजाज समुहका अध्यक्ष राहुल बजाज, मुरुगप्पा समुहका एम एम मुरुगप्पन र लारसन र टुब्रो समुहका अध्यक्ष एएम नायक रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ