arrow

साना तथा मझौला व्यवसायका लागि ग्लोबल आइएमईले ३ दिनमै कर्जा दिने

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
globaljpg.png

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसाय गर्न चाहने   तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा सेवा ३ दिन भित्र उपलब्ध गराउने जनाएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अवस्थामा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा दिने समयावधि घटाएको हो ।

अब उक्त कर्जा लिन चाहने ग्राहकलेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि देखि ६ करोड रुपैयाँसम्म सम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ।
ग्राहकले यो सेवा  नेपालभरका  बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा प्राप्त गर्न सक्नेछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ