arrow

यिनै हुन आमा सरहको व्यक्तिलाई आक्रमण गर्न निर्देशन दिने 'डन' वडाध्यक्ष मल्ल

सभापति कोइरालाको हात भाँच्ने र कार्यक्रममा आक्रमण गर्ने दश जना विरुद्ध कांग्रेसले दियो किटानी जाहेरी

logo
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
suman-malla-kiran-koirala.jpg

नेपालगन्ज। कांग्रेसको जागरण अभियानमा सांघातिक आक्रमण गरि सभापति किरण कोइराला सहितलाई घाइते बनाएको आरोपमा प्रहरीले रोसनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मलसिंह खत्रीलाई नियन्त्रणमा लिएको छ। 

आक्रमणको आदेश दिने भनेर कांग्रेसले किटानी जाहेर दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गापा वडा नं १ का वडा अध्यक्ष सुमन मल्ल सहित अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए। कांग्रेसले १० जना बिरुद्ध किटानी जाहेरी दिएको छ। 

आमा सरहको व्यक्तिलाई सांघातिक आक्रमण गरि हात भाच्ने कार्यको सर्वत्र विरोध भइरहेको छ। आक्रमणको निर्देशन दिने मल्ललाई तत्काल कार्वाहीको दायरामा ल्याउन पनि व्यापक दवाव परेको छ। आमा माथि आक्रमण गरिएको विरोधमा कांग्रेसले शनिवार अपरान्ह काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ।

यसअघी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेको विरोधमा नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा प्रर्दशनसहित एक घन्टा चक्काजाम गरेको थियो। 

दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला बिहीबार दिउँसो बाँकेस्थित खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु हलभित्र प्रवेश गरी जिल्ला सभापति किरण कोईरालासहित दर्जनौं नेता तथा कार्यकर्तामाथी आक्रमण गरेका थिए ।

आक्रमणबाट सभापति कोईरालाको बायाँ हात भाँच्चिएको छ, भने अन्य ब्यक्तिलाई चोट लागेको छ । सोही घटनाको विरोध तथा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राख्दै बाँके कांग्रेसले करिव एक घण्टा सडकमा प्रर्दशन गरेको हो । 

बिहीवारको घटनामा संलग्न भएका दश जना नेकपाका कर्यकर्ताहरु बिरुद्द सांघातिक हमला सम्बन्धि मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता गरेको नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य सुधांशु कोइरालाले बताए। जनजागरण अभियान अन्तर्गत शुक्रबार हुने भनिएका पुर्वनिर्धारित सबै कार्यक्रम रोकेर कांग्रेसले बिरोध प्रर्दशन तय गरेको हो। 

घाईते सभापति कोइरालाको नेतृत्वमा भएको उक्त प्रर्दशनमा ठुलो संख्यामा कांग्रेस कार्यकर्ताहरु सहभागी भएका थिए । नेपाली कांग्रेस बाँकेको कार्यालय सुर्खेतरोडबाट सुरु भएको प्रर्दशन विपी चोकसम्म पुगेको थियो। आक्रोशित कांग्रेस नेता, कार्यकर्ताले करिव एक घण्टासम्म सडक अवरुद्ध गर्नुका साथै टायर बालेर नाराबाजी गरेका थिए। 

यस्त्तै घटनामा संलग्न जो कोहि भएपनि कसैलाई नछाड्न नेपाल तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जिल्ला प्रहरी कार्यालय बाँकेलाई आग्रह गरेका छन् । यदि प्रहरीले यो घटनालाई सामन्य लिए परिणाम नराम्रो हुने अध्यक्ष शाहले बताए।

सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो। नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो। 

बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं २ को खजुरा गाउँपालिका वडा नं २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गापा वडा नं १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतको समूह सभाहलभित्रै प्रवेश गरी सांघातिक हमला गरेका थिए। 

दोषीलाई कारबाही नगरे देशभर कांग्रेसले आन्दोलन गर्ने, शनिवार माइतिघरमा धर्ना

आक्रमण गर्ने र गराउने नेकपाका नेता कार्यकर्ता बिरुद्ध बाँके कांग्रेसले किटानी जाहेरी दिदै

काँग्रेस कार्यक्रममा आक्रमण गर्ने तीन नेकपा कार्यकर्ता पक्राउ, तीनको खोजी जारी

नेकपा वडाध्यक्षको निर्देशनमा बाँके कांग्रेस सभापति लगायत दर्जनौँमाथि आक्रमण



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ