arrow

योगेश भट्टराईका स्वकीय सचिवले जनतालाई कुकुर भनेपछि...

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
yogesh-bhattarai.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भाषा विवादमा फसिरहेका बेलामा त्यसलाई थप मलजल गर्ने गरी उनका स्वकीय सचिव प्रेम गुरागाईंले जनतालाई कुकुर भन्न भ्याएका छन् । 

मन्त्रीको स्वकीय सचिवालयको लेटरप्याड प्रयोग गर्दै गुरागाईले धनगढीमा जहाज चढ्न ढिला गरेर मन्त्री भट्टराईले यात्रुलाई असुविधा पुर्याएपछि आएको प्रतिक्रियाको जवाफ दिने क्रममा कुकुर शब्दको प्रयोग भएको हो । 

उनले मन्त्री भट्टराई र सरकारको बचाउ गर्ने क्रममा अपशब्द प्रयोग गरेका हुन् । 

उनले मदन भण्डारीको नाम लिएर उक्त उक्ति राखेका हुन् । भण्डारलाई समेत विवादमा तानेर आफू पानी माथीको ‌ओभानो बन्न भट्टराईको सचिवालयले यो विज्ञप्ती निकालेको छ। भण्डारीको भनाईलाई नेकपाका नेता कार्यकर्ताहरु उच्च सम्मानका रुपमा लिने गर्छ। तर परिस्थिति प्रतिकुल यस्तो प्रतिक्रिया आउनु सही नभएको विश्लेषण भइरहेका छन् । 

लोकतान्त्रिक गणतन्त्रलाई वद्नाम गर्ने सरकारी 'भिजिलान्ते मण्डले'हरु

नाम किन ज्ञानेन्द्र राखेको भन्दै कुटपिट

प्लेनमा एक घण्टा कुराउने मन्त्री योगेश भट्टराईलाई यसरी झपारे यात्रुले, मन्त्री निरुत्तर [भिडियोसहित]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ