arrow

कसले दियो नेकपा कार्यकर्तालाई यस्तो अधिकार 

युवा संघ र वाइसीएलका कार्यकर्ताद्धारा ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रतिबन्ध लगाउने फर्मान जारी 

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा दस्ताहरु साविक युवा संघ नेपाल र साविक वाइसीएल नेपाल कास्कीले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध लगाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण धनगढीबाट काठमाडौं आउने विमानमा एक घण्टा ढिलाई भएपछि शाही लगायतका यात्रुले विरोध जनाएपछि उक्त घटनाको विरोध गर्दै वासीएल र युवा संघले उक्त निषेध लगाएको घोषणा गरेका हुन् । 

नेपालको संविधानको धज्जी उडाउँदै वाइसीएल अध्यक्ष भोजराज पौडेल र युवा संघका अध्यक्ष डिल्लीराम सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै शाहीलाई कास्की प्रवेशमा निषेध लगाएको घोषणा गरेका हुन् । 

विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेसिता जस्ता महत्वपूर्ण उपलब्धिहरुको विरुद्धमा केही उश्रृंखल अराजक एवं प्रतिगामी प्रवृत्तिका व्यक्ति र समूहको अस्वभाविक चलखेलप्रति गम्भीर ध्यानाकर्षक भएको भन्दै त्यस्ता पात्र र प्रवृत्तिहरुलाई निरुत्साहित गर्न आफूहरुको संगठन जस्तोसुकै कदम चाल्न सदैव तयार रहेको समेत चेतावनी दिएइको छ । 

यति ठूलो कानुनी उल्लंघनका लागि सरकारको सहयोग बिना सम्भव छैन । केन्द्रमा केपी शर्मा ओलीको सरकार र (कास्कीको सदरमुकाम रहेको पोखरा प्रदेश ४ को राजधानी पोखरा ) प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकार रहेको छ । 

स्थानीय तहहरुमा समेत नेकपाको पकड छ । सरकारले कुनै प्रतिक्रिया नदिइरहेका बेलामा वाइसीयल र युवा संघले देखाएको यो बचकनापनले भने झनै ठूलो धरापमा पार्ने अनुमान गरिएको छ । 

यसले सरकारलाई समेत गम्भीर अप्ठेरोमा पार्ने राजनीतिक विज्ञहरुले बताउन थालेका छन् । 

भाषाकै कारण योगेश भट्टराई अप्ठेरोमा, कतै ओलीलाई हटाउने बहाना त मिलेन ? 

योगेश भट्टराईका स्वकीय सचिवले जनतालाई कुकुर भनेपछि...
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ