arrow

भाषाकै कारण योगेश भट्टराई अप्ठेरोमा, कतै ओलीलाई हटाउने बहाना त मिलेन ? 

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
yogesh-bhattarai2.jpg

काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भाषाको विवाद दिनानुदिन चर्किदो छ । बोलीमा लगाम लगाउन नसक्दा स्वयं ओली नै अप्ठेरोमा पर्दै आएका छन्। मन्त्रीहरुमा पनि त्यो समस्या छ । यही भाषाले मन्त्रीका जागिर नै गएका छन् । 

कानुन मन्त्री भएका बेलामा शेरबहादुर तामाङ्गले जागिरबाट हात धुनुपर्यो। उनले बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंको बहकाउमा लागेर बंगलादेशबाट मेडिकल सर्टिफिकेट लिन नेपाली छात्राले अस्मिता बेच्नुपर्ने बताएका थिए। त्यसपछि उनको चर्को विरोध भयो र उनले जागिरबाट हात धुनुपर्यो । उनलाई हटाउन नेकपाकै नेता तथा कार्यकर्ता लागेका थिए। 

अहिले पालो आएको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको। उनी आशा गरिएका मन्त्री। युवा उत्साह थप्न अग्रसर मन्त्री।प्रतिपक्षले पनि आशा गरेका मन्त्री। पहिलो पटक मन्त्री भएका उनले संयमित भएरै अगाडि बढ्दै थिए। तर कुर्सीमा बसेको डेढ महिनामै उनले भाषा बिगारे। शनिबार उनी धनगढीबाट काठमाडौं आउने क्रममा भएको घटना, त्यसपछि उनले लेखेका भाषा र उनका पीएले लेखेको भाषाले तरंग ल्याएको छ। 

नेकपाका नेता तथा कार्यकर्ताहरु उनको बचाउमा लाग्दै गर्दा यस्तो घटनाप्रति सचेत हुन आग्रह गर्नेलाई धम्की दिन थालेका छन्। उनका पिए प्रेम गुरागाईँले त जनतालाई कुकुरसम्म भनेका छन्। यही भाषाका कारण मन्त्री भट्टराईको जागिर जाने त हैन भन्ने नेकपाका कार्यकर्ताहरु भन्न थालेका छन्। 

योगेश ओलीका विरोधी मानिन्छन् 
योगेश भट्टराई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका विरोधी मानिन्छन्। अहिले विकल्प नदेखेपछि माधवकुमार नेपाल पक्षका भट्टराईलाई ओलीले मन्त्री बनाएका हुन्। उनलाई चुनावी प्रचारका बेलामा ओलीले मतदातालाई भनेका थिए – जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो। 

डेढ वर्ष झुलाएर उनले भट्टराईलाई मन्त्री बनाउनुको पछाडि माधव नेपाललाई एकताका लागि फकाउन तथा भट्टराईप्रति दया देखाइएको रुपमा पनि हेरिएको नेकपाकै नेताहरु बताउँछन्। भट्टराई मीठो तर्क गर्छन्। अनि ओलीका विकृतिविरुद्ध उभिदै आएका पनि छन्। संस्कृति मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उनको ठाउँमा भट्टराई ल्याइयो। 

यदि भट्टराई समाजबाट आलोचनाको पात्र बने भने त्यही बहानामा ओलीले उनलाई हटाउन सक्ने सम्भावना पनि रहेको नेकपाका नेताहरु कानेखुसी गर्न थालेका छन्। 

संस्कृति मन्त्रीलाई संस्कार सिकाए यात्रुले

माफी मागे मन्त्री भट्टराईले

योगेश भट्टराईका स्वकीय सचिवले जनतालाई कुकुर भनेपछि...

योगेश टीमलाई आफ्नै मण्डले चरित्र सुधार्न सुझाव

‘अरिङ्गाल’हरुलाई कारबाही हुन्छ कि हुन्न?

लोकतान्त्रिक गणतन्त्रलाई वद्नाम गर्ने सरकारी 'भिजिलान्ते मण्डले'हरु

बोली नसम्हालेका कानुनमन्त्री शेर बहादुर तामाङको जागिर जाँदै

कानुनमन्त्रीले दिए राजीनामा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ