arrow

सोनाक्षीलाई थाहाँ छैन संजीवनी बुटी हनुमानले कसका लागि ल्याए

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
sonakshi.jpeg

काठमाडौं ।  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको आलोचना भएको छ । एउटा साधारण प्रश्नको उत्तर दिन नसकेको भन्दै सोनाक्षी सिन्हाको आलोचना भएको हो ।

कोन बनेगा करोडपति ११ मा रुमा देवी हट सीटमा अमिताभ बच्चनको अगाडि बसिन्।  अभिनेत्री सोनाक्षी पनि रूमालाई सघाउन त्यहाँ पुगेकी थिइन। यस समयमा सोनाक्षीले एउटा साधारण प्रश्नको उत्तर दिन सकिन्न, जसको कारण उनको सोशल मीडियामा धेरै ट्रोल भइरहेको छ।

अमिताभ बच्चनले कार्यक्रममा प्रश्न सोधे- रामायणका अनुसार हनुमानले कसका लागि संजीवनी बूटी ल्याए ?

उत्तरमा थिए सुग्रीव, लक्ष्मण, सीता, राम । सोनाक्षी सिन्हालाई यस प्रश्नको उत्तर थाहाँ थिएन । यसका लागि उनले एक्सपर्टको  लाइफलाइनको सहारा लिइन्  र सही जवाफ दिइन् । तर यसपछि मानिसहरुले उनलाई ट्रोल गर्न थाले।

एक प्रयोगकर्ताले लेखेका थिए - 'मुसलमान हुँदाहुँदै पनि मलाई यस प्रश्नको उत्तर थाहा छ, तर यसका लागि सोनाक्षी सिन्हाले  लाइफलाइन लिइन्।' अर्को प्रयोगकर्ताले लेखेका थिए- 'शत्रुघ्न सिन्हाका भाइहरू राम, लक्ष्मण, भरत र छोरा लुभ-कुश हुन् जसको घर उनीहरू सबै बस्ने रामायण हो तरपनि सोनाक्षी सिन्हालाई यस प्रश्नको उत्तर थाहा छैन।'

सोनाक्षीले शनिवार ट्वीट गर्दै भनिन्  "प्रिय सक्रिय ट्रोलरहरु। मलाई पाइथागोरस थ्योरी , मर्चेन्ट अफ वेनिस, पीरियोडिक टेबल, मुगल राजवंशको कालानुक्रमिकता र के के याद छैन त्यो पनि थाहा छैन । यदि तपाईहरुसँग कुनै काम छैन भने र फुर्सद छ भने कृपया यस बिषयमा पनि मिम्स बनाउनुहोस। मलाई मिम्स मनपर्छ । "



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ