arrow

खतरनाक घटना हुन नदिन म्यार्कों र पुटिनको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष १९ शनिबार
putin-macron.jpg

पेरिस। इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ। इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै संयमता अप्नाउन उनीहरुले आह्वान गरेका छन्। खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशहरुसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि उनीहरुले आग्रह गरेको बताइएको छ। 

दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ। राष्ट्रपति म्यार्कों सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिएका थिए। केहीदिन अघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ। अमेरिका र इरानका शिर्ष नेताहरुले एक अर्कोलाई चेतावनी दिने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ