arrow

नेपाली विद्यार्थीमा कोरोना भाइरस

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
health_ministry.JPG

काठमाडौं । चीनको वुहान सहरबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । शुक्रबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपाली विद्यार्थीमा कोरोना भाइरस फेला परेको बताए  ।

जनवरी ९ मा नेपाल आएका ती विद्यार्थीमा रुघाखोकीको समस्या देखिएर उपचार गर्न अस्पताल पुगेका थिए । उनलाई शंका लागेर हङकङ पठाइएको थियो ।

उनको उपचारसमेत भइसकेको छ। बिहीबार उनको रिपोर्ट सार्वजिन भएको मन्त्रालयले जनाएको छ ।  बिहीबार हङकङबाट आएको रिपोर्टमा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो ।  उनी अहिले ठीक भइसकेका छन् ।

फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। चीन बाहेक अमेरिका, दक्षिण कोरिया, जापान, थाइल्याण्ड र ताइवानमा यो रोग फैलेको छ । चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोना भाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन् ।

अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ। सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै ८ हजार १ सय जनालाई सङ्क्रमित तुल्याएको थियो । ती मध्ये ७ सय ७४ जनाको ज्यान गएको थियो ।

चीन सरकारले शुक्रबार शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ। 

वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ। चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ। तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ