arrow

कोरोना भाइरस उत्परिवर्तन हुने खतरा, अमेरिकासम्म पुग्यो, ९ को मृत्यु  

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
corona-virus.jpg

काठमाडौं । चीनमा देखिएको कोरोना भाइरस विश्वभर फैलिने खतरा बढेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले नयाँ भाइरस उत्परिवर्तन हुन सक्ने र थप फैलन सक्ने चेतावनी दिएका छन् । चिनियाँ सरकारले कोरोना भाइरसबाट मर्नेको संख्या ९ पुगेको जनाएको छ । ४४० जनामा कोरोना भाइरस भएको पुष्टि समेत भएको बीबीसीले उल्लेख गरेको छ । 

कोरोना भाइरस मानवदेखि मानवसम्म सरेको पाइएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले चीन रोकथाम र नियन्त्रणको सबैभन्दा कठिन चरणमा रहेको बताएका छन् । 

अमेरिकामा पनि फैलियो
कोरोना भाइरस अमेरिकामा पनि पुगेको छ । गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो । कोरोनाबाट पीडित भनिएका ती व्यक्तिका परिचय भने अहिलेसम्म गोप्य नै राखिएको छ । यो दक्षिण कोरियामा पनि फैलिसकेको छ । नेपालमा पनि फैलन सक्ने खतरा रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ