arrow

कोरोना भाइरसले कम्तीमा २५ को मृत्यु, ८३० संक्रमितमध्ये १७७ नाजूक 

चीन बाहेक अमेरिका, दक्षिण कोरिया, जापान, थाइल्याण्ड र ताइवानमा यो रोग फैलेको छ

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
corona-virus.jpg

काठमाडौं । चीनबाट फैलेको कोरोना भाइरसले अहिलेसम्म कम्तीमा २५ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ । 

चीनमा मात्रै कम्तीमा ८ सय ३० जना संक्रमित छन् । ती मध्ये १ सय ७७ जनाको स्वास्थ्य अवस्था नाजूक छ । 

सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन् । करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ। 

फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। चीन बाहेक अमेरिका, दक्षिण कोरिया, जापान, थाइल्याण्ड र ताइवानमा यो रोग फैलेको छ । 

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोना भाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन् ।
 
अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ।

सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै ८ हजार १ सय जनालाई सङ्क्रमित तुल्याएको थियो । ती मध्ये ७ सय ७४ जनाको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ