arrow

लघुताभाष त्याग्न विनोद चौधरीको आग्रह, सीजी टेलिकमबारे खोले रहस्य

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
binod-chaudhary2.jpg

काठमाडौं। वरिष्ठ उद्योगपति एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा केही हुँदैन भन्ने लघुताभाष त्याग्न आग्रह गरेका छन्। एपीवानको कार्यक्रम तमसोमा ज्योतिर्गमयः कार्यक्रममा अन्तर्वार्ता दिँदै फोब्समा सुचिकृत नेपालका एकमात्र खर्बपति विनोद चौधरीले सरकारले केही गरेन  नभन्न आग्रह गर्दै सबैलाई आफैमाथि विश्वास गर्न आग्रह गरे। निकै सस्तोमा टेलिफोन सेवा र इन्टरनेट सेवा दिनेगरि ल्याउने खोजेको सीजी टेलिकम अहिलेसम्म आउन नसक्नुको दुःखद प्रसंग पनि चौधरीले कोट्याएका छन्।

विश्वका ५० देशमा व्यवसायिक लगानी गरिरहेका चौधरीका १२२ वटा कम्पनी, ७६ वटा ब्राण्ड र एक सय ३० बढी होटल रहे पनि नेपालमा अझ बढी फस्टाउन नसक्नुका कारण पनि प्रष्ट्याएका छन्।

अन्तर्वार्ताका क्रममा सन्तुष्टीको बारेमा चौधरीले यसरी बताएः

‘मलाई साथीहरुले सोध्छन् तपाईले जे गर्नुभयो तपाईलाई सन्तुष्टि छ कि छैन रु म भन्ने गर्छु कि यो भनेको तुलनात्मक कुरो हो । जुन ठाउँमा म जन्मे हुर्कें र यहाँसम्म आइपुगें यो ठूलो कुरो हो । हुनसक्छ मेरो बाजे बम्बई जानुभएको भए हामी बिरला परिवारको स्केलमा काम गरिरहेका पनि हुन सक्थ्यौं होला । वा अमेरिकामा गएर बसेको भए बिल गेट्सको स्केलमा पनि पुगेको हुन सक्थ्यौं होला । आखिर इन्टरप्रेनरसिपको उडान र दौड भनेको त एउटै हो । त्यसलाई एउटै कन्टेष्टमा हेर्नुपर्छ जस्तो लाग्छ । मलाई खुशी छ उहाँ यहाँ आउनुभयो । बहुत ठूलो परिस्थितिले उहाँलाई डोहोर्याएर यहाँ ल्यायो । हाम्रोलागि बहुत ठूलो सौभाग्य र गौरबको कुरो हो ।’ किनकि नेपालको एकमात्र खर्बपति हुँदा मलाई गर्व लाग्छ । जुनसुकै मञ्चमा भारतका ५० जना उभिएका हुन्छन् भने म नेपालबाट एक्लो उभिएको हुन्छु । अमेरिकाका चार सय र चीनका चार सय उभिएका हुन्छन् भने म नेपालको एक्लो उभिएको हुन्छु । मेरो लागि त त्यो बहुत ठूलो कुरो हो नि ।

आयकरमा पनि कम, कर तिर्ने पनि कम अनि कसरी खर्बपति भन्ने सवालमा चौधरीले भने, ‘अध्ययन नगरीकन, गहिराइमा नगइकन त्यसको सबै कुरा नबुझिकन गरिने टिप्पणी मध्येको यो एउटा टिप्पणी हो। सायद हाम्रो मात्र एउटा त्यस्तो ग्रुप होला जसले हरेक वर्ष कूल तिर्ने गरेको करको सम्पूर्ण जानकारी आँकडासहित सार्वजनिक गर्ने गर्दछौं । गत बर्ष कति थियो र अहिले कति भयो अनि बृद्धी कति भयो भन्ने आँकडा हामीले सार्वजनिक गर्ने गरेका छौं । मलाई लाग्छ कि देशको कूल आयको दुई प्रतिशत भन्दा बढी ९१२ अर्ब भन्दा बढी० यो ग्रुपले योगदान दिएको छ।

त्यसमा हामी संगठित संस्थाका हिसाबबाट कर तिर्छौं । त्यसका अलग अलग ट्याक्स पेइङ इन्स्ट्रुमेन्टहरु छन् । अलग अलग इन्टरप्राइजेजहरु छन् । त्यसलाई समग्रतामा हेर्ने यहाँ चलन छैन । वाइवाइ, नबिल बैक, एलजी वा सीजी अलगअलग रुपमा चिन्ला । त्यो रुपमा तुलना गर्ने पद्धती छैन । गरिनु पर्छ । यो राज्यका लागि पनि जरुरी छ । कर्पोरेट्सका लागि पनि जरुरी छ । ग्रुपको लेभलमा कुल कर संकलनको तथ्याङकहरु सम्बद्ध निकायले सार्वजनिक गर्नु पर्दछ । त्यसले स्वस्थ्य र सकारात्मक प्रतिस्पर्धालाई अगाडि बढाउँछ । त्यसलाई सानो दृश्यलाई हेर्नुको सट्टा वृहत दृश्यमा हेर्नु पर्दछ भन्ने मेरो मान्यता हो । र मलाई यो कुरामा गर्व छ की विभिन्न समस्याका बावजूद निरन्तर हाम्रो विस्तार जारी छ । हामीले देशलाई बुझाउने राजश्व बढ्दो छ । समग्रमा राजश्व बढ्दो छ । पछिल्ला दुई तीन वर्षको हेर्दा पनि थाहा हुन्छ ।’

शक्तिकेन्द्रलाई रिझाउने बानीले नै खर्बपति बनाएको आशंकालाई चीर्दै चौधरी भन्छन् –‘मेरो नियति नै कस्तो रह्यो भने सत्तामा भएका मान्छेहरुसंग मेरो कहिले पनि राम्रो सम्बन्ध भएन, इतिहास केलाएर हेर्नु भयो भने थाहा पाउनुहुन्छ । सत्तामा नहुँदाखेरी त्यो निकाय, त्यो पार्टीसंग राम्रो सम्बन्ध बन्यो । त्यसलाई दर्पणको रुपमा लिन सक्नुहुन्छ । कहिले को पावरमा छ भनेर पावरको पछाडि दौडने भएको भए सायद स्थिति फरक हुन्थ्यो होला । त्यति विवेक त मेरो पनि थियो होला कि यो बेला नेकपाको सरकार बन्ने वाला छ भनेर । राजनीतिको विषयलाई् हामी छुट्टै छलफल गरौंला । यो नितान्त व्यक्तिगत कुरो हो । राजनीतिबाट मैले के अपेक्षा गर्ने र राजनीतिले मबाट के अपेक्षा गर्ने वा राष्ट्रले मबाट के अपेक्षा गर्ने भन्ने छुट्टै विषय हो र कुन अवसर कुन ठाउँबाट कसरी प्राप्त हुन सक्छ भन्ने त्यो आ–आफ्नो विश्लेषण पनि हो।

जहाँसम्म एउटा कर्पोरेटको कुरा आउँछ, एउटा संस्थाको कुरा आउँछ र सीजीको सन्दर्भमा विभिन्न शक्ति केन्द्रहरु भन्नुस् वा पटक पटक सत्तामा भएका सरकारहरु भन्नुस् चाहे जुनसुकै सिष्टम अन्तर्गत होस् चाहे पञ्चायत होला, बहुदल होला, त्यो चाहिं संघीय गणतान्त्रीक प्रणाली होला त्यो एउटा संस्थाको महत्वपूर्ण जिम्मेवारीको घेराभित्र पर्छ । उसले सरकारसंग बसेर काम गर्नैपर्छ । कर्पोरेट भनेको आन्दोलनकारी होइन । उसको काम आन्दोलन गर्नु होइन । यो अर्को कुरा हो कि उसलाई आन्दोलन गर्नेसम्म वाध्य पार्ने काम हाम्रै मुलुकमा बेलाबेलामा हुने गर्दछ । त्यो अर्को कुरा हो । त्यो दुर्भाग्यपूर्ण स्थिति हो । कर्पोरेट भनेको प्रगतीको साझेदार हो । त्यो सरकारको काम हो । हरेक सरकार विकास खोज्छ । हरेक सरकारले जनतालाई विकासकै नाममा भोट मागेको हुन्छ । ८० प्रतिशत भन्दा बढ्ता इन्भेष्टमेन्ट निजी क्षेत्रको छ । निजी क्षेत्रको अग्रणी भूमिकामा रहेका कर्पोरेट्सहरुलाई सरकारले यदि आफ्नो साथमा लिएर हिँड्दैन भने त्यसले जन्माउने परिणाम त आँखाको अगाडि आउनु स्वभाविकै हो ।’

व्यवसाय गर्दा निकटता र दुरी बढ्ने बारेमा चौधरीले आफ्नो अनुभव यसरी साँटेका छनः

‘सबैसंग बनाएर हिँड्नु पर्छ । व्यूरोक्रेसीसंग पनि सम्वन्ध बनाएर हिँड्नुपर्छ । सरकारमा भएकाहरुसंग पनि बचेर हिँड्नु पर्छ । सम्वन्ध बनाएर हिँड्ने के का लागि रु  गैरकानुनी, गर्न नहुने, क्षणिक रुपमा कुनै न कुनै प्रकारबाट झुक्याएर एउटा ठूलो मात्राको लाभको लागिरु भोलि आउने सन्ततिहरुले जहिले पनि प्रश्नचिन्ह उठाइ नै रहने वा विवादका ठूला ठूला विषयहरु बनिरहनका लागि सम्वन्ध वढाउनेरु  कि आफूले चुनेको, ठानेको र पारदर्शी किसिमको व्यवसायको मात्रलाई बढाउनका लागि रु त्यसका लागि चाहिं त्यो गर्नेले पनि र त्यो सम्बन्धको धरातलमा उभिएर सहयोग गर्नेले पनि सम्झनु पर्छ ।’

प्रत्यक्ष राजनीतिप्रतिको मोह र बढ्दो सहभागिताको बारेमा  सांसद समेत रहेका सीजीका अध्यक्ष चौधरीले भनेः

मैले राजनीतिबाट जति टाढा रहन खोजे पनि मबाट राजनीति टाढा रहन सकेन । स्वभावको हिसावले  म सुरुदेखिनै सामाजिक रुपमा सक्रिय भएँ । कुनै बेला म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष रहें । विभिन्न संस्था निर्माण गर्नेतर्फ लागे । अर्कोतर्फ व्यापारको माध्यमबाट राष्ट्रको काँचुली नै फेर्नुपर्दछ र एउटा मानसिकता नै आउनु पर्दछ भन्ने सोच मेरो रह्यो । एउटा मुडमा परिवर्तन आउनु पर्दछ । एउटा संस्कारमा परिवर्तन आउनु पर्दछ । व्यवसायी विरोधी र नाफा कमाउनु हुन्न भन्ने एन्टाइ प्रोफिट मानसिकतामा परिवर्तन आउनु पर्दछ । जबसम्म हामीले वेल्थ क्रिएसनलाई आदरको भावले हेर्दैनौं, जबसम्म एउटा उद्यमीलाई एउटा देशको सबैभन्दा महत्वपूर्ण साझेदार हो भनेर व्यवहारमै उतार्दैनौ तबसम्म एउटा ठूलो आकारको विकास गर्न सक्दैनौं । त्यो असम्भव छैन भन्ने मानसिकतालाई स्थापित गर्नका लागि मैले राजनीतिमा पाइला राखेको हो। उद्यमी व्यवसायीहरुलाई साझेदार बनाउने काम ८० को दशकमा एसियन टाइगर्सहरुले गरे। चाइनाले गर्यो, इन्डियाका विभिन्न स्टेटहरुले गर्दैछन्, अहिले सेन्ट्रल एसियामा देखिँदैछ त्यो कुरा । पूर्वी यूरोपका देशहरुमा यो देखिँदैछ।

मैले के अनुभव गरें भने स्पेसिफिक सेक्टोरियल इन्ट्रेस्टलाई लबि गर्न संस्थाबाट सम्भव छैन । ठूलो मानसिकतामा आउने परिवर्तन भनेको ठूलै तहको हस्तक्षेपबाट भन्दा सम्भव छैन। खासगरी जहाँको राजनीति सम्वेदनशील छैन, जनताको कुरा कम सुन्छ र सुनेको जस्तो गर्छ, त्यहाँ बाहिर दर्शक बनेर पररिवर्तन ल्याउन सकिदैन खेलाडीनै बन्नुपर्छ भन्ने कुरा मेरो मनमा गड्यो । त्यही कारणले म राजनीतिमा छु । कति हदसम्म मैले यो गर्न सकें त्यो इतिहासले भोलि त्यसको लेखाजोखा गर्ला।

नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा उभिन सक्ने बन्नु पर्दछ । प्रकृतिले कसैले नचिताएको सबै कुरा दिएको मुलुक हो यो। अत्यन्त सहानुभूति र माया बोकेको मुलुक हो यो। यहाँको कुनै समस्या छ भने त्यो व्यवस्थापनको समस्या हो। व्यवस्थापन भन्ने एउटा फरक कुरा हो। राजनीतिक एक्टिभिष्टले व्यवस्थापन गर्न जान्छ र गर्न सक्छ भन्ने मानसिकतामा परिवर्तन आउनु जरुरी छ। व्यवस्थापन गर्नेले व्यवस्थापन गर्छ राजनीति गर्नेले राजनीति गर्छ। जबसम्म राजनीति गर्ने र व्यवस्थापन गर्नेको बीचमा पारदर्शी र स्वस्थ रुपमा एकले अर्काको काममा सम्मान गर्दै साझेदारी गर्दैन तबसम्म मुलुक बन्दैन।

चौधरी ग्रुपको नेपालमा देखिने गरी ठूलो लगानी नआएको तथा सीजी कम्युनिकेशन पनि आउन नसकेको बिषयमा चौधरीले भनेः  

‘नेपालका मेजर इन्भेष्टमेन्ट सेक्टर भनेको टेलिकम र उर्जा हो । पर्यटन नेपालका लागि बहुत महत्वपूर्ण सेक्टर हो र हामी त्यसमा छौं । कृषी धेरै महात्वपूर्ण सेक्टर हो। नेपालबाट गएको एकमात्र ब्राण्ड वाइवाइ वल्डवाइड चिनिन्छ । टेलिकम टेक्नोलोजी बेष्ड ट्रान्सफर्मेसनको बहुत ठूलो सेक्टर हो जसले हरेक फिल्डमा त्यसले आफूलाई पेनिट्रेड गरेको छ । हामीले नेपालको टेलिकम नेपालीले लिएको लाइसेन्स बेचेर हिँड्ने होइन प्रत्येक नेपालीले अफोर्ड गर्न सक्ने किसिमको दिने हो।  इन्टरनेटको प्राइस, भ्वाइसको प्राइस कम गर्नु हो। भ्वाइस भन्या फ्री हो । नेपालको इन्टरनेटको मुल्य भनेको अहिले साउथ एसियाकै सबभन्दा महंगो छ । नेपालको इन्टरनेटको पेनिट्रेशन भन्या केबल ३५ प्रतिशत छ पहुँच पुगेकाहरुमा पनि महंगो छ । नेपालको स्मार्ट फोनको पपुलेसन भन्या पनि यही ३५ प्रतिशतको हाराहारीमा छ।

१०० प्रतिशत हुनु पर्ने हो । जियो भन्ने कम्पनी भारतमा आउनु भन्दा अगाडि नेपालजस्तै स्थिति थियो त्यहाँ । त्यहाँका दुई मेजर प्लेयरहरु भोडाफोन र एयरटेल आपसमा एक मिसिमको मनोपोली अन्डरस्टयान्डिङ गरेर त्यहाँको ट्यारिफ पनि, भ्वाइसको ट्यरिफ पनि स्मार्टफोनको पपुलेसनलाई पनि कन्टेन गरेर बसेको स्थिति थियो । जियोले एउटा ट्रासफर्मेसन ल्यायो । मुकेश अम्बानीले आफ्नो पब्लिक स्पिचमा अहिलेको विश्वको न्यू ओइल भनेको टेक्नोलोजी, मोबाइल र इन्टरनेट भएको बताए। यो न्यू ओइलको ब्यापक प्रयोग बिना कन्ट्री बन्न सक्दैन । कन्ट्रीको हरेक फिल्डमा यो लग्जरी रहने भने हुँदैन।

यो भनेको एउटा कृषक, शिक्षक विद्यार्थीदेखि एउटा गृहिणीसमेतले प्रयोग गर्ने यो अत्यन्त आवश्यक बस्तु भैसक्यो । यसलाई सकेसम्म सस्तो, सबैले अफोर्ड गर्न सक्ने बनाउनु पर्छ भन्ने इस्पिरेशन लिएर हामीले काम गर्न सुरु गर्यौं । तर यसका यति कृत्रिम अवरोध आएकि सम्पूर्ण यो सेक्टरसंग जोडिएका मान्छेहरु सीजी आउने भयो भन्न बित्तिकै एकैसाथ जोडेर अप्ठ्यारो बनाउन थाले । अरुबेला आपसमा झगडा गरेर हिँड्नेहरु सँगै हिड्न थाले ।

चौधरी समुहभन्दा शक्तिशाली बिजनेश हाउस पनि रहेछ नेपालमा भन्ने प्रश्नमा चौधरी हास्दै भन्छनः

त्यसको लेखाजोखा त यही नेपाल टेलिकमकै सन्दर्भमा त्यसका पछाडि को को पात्रहरु छन् को को पात्रको संरक्षण प्राप्त छ भनेर बुझ्न सक्छन। सीजी टेलिकम आयो भने भ्वाइस टेलिफोन फ्री हुन्छ इन्टरनेटको प्राइस अहिलेको भन्दा आधा हुन्छ प्रत्येक नेपालीको हातहातमा स्मार्ट फोन हुन्छ भनेर हामीले सार्वजनिक रुपमा घोषणा गर्दा खेरी पनि हामीले काम गर्न पाएका छैनौ। क्याबिनेटले पास गरेर, त्यसबापत बुझाउनु पर्ने पैसा बुझाएर तीन वर्षदेखि त्यो काम गर्न प्रतिक्षा गरेर बसेको स्थितिबाट सीजी गुज्रिराखेको छ । यो के हो कसो हो सम्बन्धित पक्षलाई अर्को प्रोग्राममा तपाईले नै अगाडि राखेर सोध्नुभयो भने यसको उत्तर पाउनु होलाजस्तो मलाई लाग्छ ।

उद्यमी बन्न चाहनेलाई सुझाव दिदै सीजी ग्रुपका अध्यक्ष चौधरीले भनेः

‘आजकल मेरो प्राथमिकताको, मलाई पनि मन पर्ने र अधिकांश आफ्नो समय र पब्लिक फोरममा दिने विषय पनि यही नै हो । नेपाल भित्र पनि नेपाल बाहिर पनि । खासगरी मेरो किताब आएपछि नेपाल बाहिरका नेपालीले खुबै माया गरे। अहिलेको नयाँ युवाले जे देखे यसअघि यो युग कहिले पनि देखेनन् पहिलेका युवाले । टेक्नोलोजी बदलिएको बेला छ । हरेक व्यवसाय हरेक नयाँ ढंगबाट उथलपुथल नयाँ चेन्जबाट गुज्रन लागेको बेला छ। फस्ट टाइम बिजनेस हाउसेजहरु एउटा लिगेसी भएको उत्तराधिकारी हुनुको सट्टा स्टाटरको इन्टरपेनरले हाँकेके बेला छ । नयाँ नयाँ आइडियाजले हाँकेको बेला छ। पावर अफ आइडियाले हिट गरेको परिवेश छ । र त्यत्तिकै महत्वपूर्ण जोग्राफिकल बाउन्ड्रिजहरु धरासायी भएको स्थिति छ।

आजको उद्यमी पावर अफ आइडिया पोख्ने त्यो एउटा युवा कुनै पनि ठाउँमा जन्म्यो भने उसलाई सेम लेभलको क्यापिटल र त्यो लेभलको क्यापिटलको आइडियालाई मूर्त रुप दिनको लागि चाहिने सम्पूर्ण साधनहरु जोड्ने र जोड्नका लागि चाहिने इन्फरमेशनको प्लोको लग्जरी छ उसको हातमा एउटा मोबाइल र गुगलको माध्यमबाट । त्यही गुगलको माध्यमबाट उसले भन्याजस्तो साझेदार खोज्न सक्छ । भन्याजस्तो क्यापिटल प्रोभाइडर खोज्न सक्छ । र भनेजस्तो आइडियाप्रति ऊ प्रतिवद्ध पनि हुनुपर्यो । स्वप्नशील पनि हुनुपर्यो।

जसरी भए पनि जतिसुकै फेल भए पनि जस्तोसुकै अवरोध आएता पनि म यो आइडियालाई छोड्दिन कुनै पनि हालतमा भन्ने हुनुपर्‍यो । २०–२० वर्ष लागेको छ मेरो एउटा इन्डस्ट्रीलाई टर्न एराउन्ड गर्नका लागि । नेपाल आइसकै कुरा गरौं न । १५ वर्षसम्म त्यो इन्डस्ट्रीले लस गर्यो । हामीले छोडेनौं। लागि नै रह्यौं । फाइट गरि नै रह्यौं । हामीले सक्दै सकेनौं । त्यो बेलाको टुबर्ग र काल्सबर्गजस्ता कम्पनीहरु छन्। लाग्दा लाग्दा नेपालको सेकेन्ड लार्जेष्ट ब्रान्ड बनेको छ र काठमाडौंमा त नेपाल आइस नम्बर वान ब्रान्ड नै बनेको छ । मलाई सम्झना भयो कि श्रीलंकाका फन्डामेन्टलहरु यति स्ट्रङ छन् कि कुनै बेला लि क्वान युले श्रीलंकामा आउँदा यति धेरै प्रभावित भए कि कुनै बेला श्रीलंकालाई सिंगापुरजस्तो बनाइदिउँ।

पक्कै पनि श्रीलंकाका फन्डामेन्टल्सहरु थिए होलान् । म पनि त्यही फन्डामेन्टल देखेर कुनै दिन यो समुद्र होटल चम्किन्छ र यही समुद्र होटलको धरातलमा टेकेर एउटा ठूलो होटलको साम्राज्य हामी बनाउन सक्छौं भन्ने मानसिकताकै कारणले अहिले १३० वटा होटलहरु पुगे । राम्रो एक्सपान्सन भइराछ । म यो उदाहरण किन दिइराछु भने म पनि सरकारी गाडी चढेर साधारण सरकारी स्कुलमा पढेको विद्यार्थी हुँ । १८ वर्षको उमेरमा कुनै पनि अर्गनाइजेशन बहुतै लिमिटेड एक आधा दुई चार जना मान्छे भन्दा बढी नभइकन त्यहाँबाट सुरुवात गरेको हो । त्यो बेला र अहिले त ड्रामेटिक चेन्जेजहरु छ । त्यो बेलामा क्यापिटलको साम्राज्य थियो।

अर्गनाइजेशनको साम्राज्य थियो । फेमिलीहरुको साम्राज्य थियो। अहिले छैन। अहिलेको बेलामा दिस इज द बेस्ट टाइम हो नयाँ युवाहरुका लागि । त्यो भइ पनि राछ । नेपालमा पनि भइराछ । बीसौं नयाँ आइडिया लिएर युवाहरु अगाडि बढिराख्या छन् । तिनीहरुको त्यो आइडिया अगाडि बढ्न बित्तिकै क्यापिटल फन्डहरु उनका पछि लाग्छन् । उनीहरु लाग्नु पर्दैन क्यापिटलको पछाडि । तिम्रो काम गराइ एकदम राम्रोसंग अगाडि बढ्यो । हामीलाई पनि पार्टनर बनाउ भनेर आउँछन्। क्यापिटलको अभाव छैन । केही आइडियाजहरुलाई सपोर्ट गर्ने निकायको अभाव छैन र कुनै जोग्राफिकल घेरा छैनन् । यो भन्दा बेटर समय के हुन सक्छ । त्यसैले म प्रत्येक नेपाली युवालाई जहिले पनि भन्ने गर्छु कि निकालिदिनुस् आफ्नो दिमागबाट त्यो लघुताभाष कि नेपालमा केही हुँदैन।

नेपालको सरकार बिजनेश फ्रेन्ड्ली छैन, सरकारले यो गरेन, त्यो गरेन भनेर नभन्नुस् । तपाई आफूमाथि विश्वास गर्नुस् । र विश्वले जन्माएको टेक्नोलोजीले जन्माएको इकोसिस्टमलाई टेकेर तपाईले यस्तो इन्टरप्राइज बनाउनुस् जसलाई कसैले छेक्न नसकोस् । ९एक सय ४० वर्ष अगाडि विनोद चौधरीका हजुरबुबा नेपाल आएका थिए व्यापार गर्नका लागि । करिब १६ कोषको दूरीमा अझै पनि केही गाउँहरु छन् । पुराना हबेली बदलिएका छन्। विदेशीहरु अझै पनि त्यो ठाउँ हेर्न जान्छन् । चौधरी भन्छन् –यो ठाउँ गहिरिएर हेर्दा अहिले पनि मलाई आश्चर्य लाग्छ । कामको खोजीमा वा महत्वाकांक्षा खोजीमा जानुको अर्थ त्यहाँका सीमितता र समस्याहरु हुन् । चौधरीमात्र हैन टाटा र मित्तल पनि त्यही राजस्थानकै थिए । मारबाडी समुदायले त्यसरी नै गर्यो जसरी यहुदीहरुले गरेका थिए । चौधरी सम्झन्छन् त्यो माटोमा पक्कै केही थियो होला ।)



नयाँ