arrow

पर्यटनका लागि फुटबल, तेह्रथुममा लालीगुराँस गोल्ड कप

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख ८ बुधबार
rectangle-banner-m.jpg.jpeg
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा वैशाख ११ गतेबाट हुने दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ  । लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि सन्चालन हुन लागेको गोल्डकपको तयारी तीव्र रुपमा भइरहेको आयोजक पाथीभरा युवा सामुदायिक क्लवका अध्यक्ष मिलन थापाले बताए । 
 
२०५६ सालबाट सुरुभएको प्रतियोगिताको निरन्तरताकालागि स्थानीय युवाहरुको अगुवाईमा यस वर्षबाट पुनः लालीगुराँस गोल्डकपको रुपमा सन्चालन गर्न लागिएको जनाइएको छ । बसन्तपुरस्थित खेलमैदानमा वैशाख ११ बाट सुरु भएर १७ गतेसम्म चल्ने गोल्ड कप फुटबलमा काठमाडौँसहित पूर्वाञ्चलका आठ टिम सहभागी हुने छन् ।  
 
प्रतियोगितामा आयोजक पाथीभरा सामुदायिक युवा क्लवसहित दोर्जे गियर प्रालि, काठमाडौँ, संखुवासभा फुटबल संघ, संखुवासभा, मोरङको बेलबारी फुटबल क्लव, धनकुटाको जनजागृति युवा क्लव, हिले र सिंहदेवी युवा क्लव, सिधुवा, मोरङकै टीडब्लुवाइसी विराटनगर र तेह्रथुमको म्याङ्गलुङ नगरपालिका सहभागी हुने क्लवका महासचिव विजय सोदेम्बाले जानकारी दिए ।  
 
प्रतियोगिताको उद्घाटन खेलको रुपमा जिल्ला फुटबल संघ, संखुवासभा र जनजागृति युवा क्लव हिले धनकुटाबीच बैशाख ११ गते २ बजे खेल हुनेछ । वैशाख १२ गते म्याङलुङ्ग नगरपालिका, तेह्रथुम र दोर्जे गियर प्रालि, काठमाडौँ, वैशाख १३ गते आयोजक पाथीभरा सामुदायिक युवा क्लव बसन्तपुर र टीडब्लुवाइसी विराटनगर तथा वैशाख १४ गते सिंहदेवी युवा क्लव धनकुटा र बेलबारी फुटबल क्लव मोरङबीच खेल हुने आयोजक अध्यक्ष थापाले बताए ।  
 
यसअघि लालीगुराँस संरक्षण व्यवस्थापन समितिले थालेको जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिताका लागि निर्मित १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कप आयोजक पाथीभरा सामुदायिक युवा क्लबलाई हस्तातरण गरिसकेको छ । कप प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले एक कार्यक्रमका बीच सार्वजनिक गरे । 
 
खासगरी यहाँको गुराँसे बनको संरक्षण सम्बन्धी सचेतना बढाउने र  पर्यटन प्रवर्धन गराउने उदेश्यले गोल्ड कप सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष थापाले बताए । गोल्ड कपको निरन्तरताले पर्यटकीय क्षेत्रहरु तीनजुरे मिल्के जलजले, आरआर गार्डेन, पाँच पोखरी, गुफापोखरी, मेन्छ्यायेम डाँडा, पाथीभरा लगायत क्षेत्रको पर्यटन प्रवर्धनकालागि महत्वपुर्ण योगदान गर्ने राष्टिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका महासचिव लक्ष्मण तिवारीले बताए । 
 
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय सहित १६ ग्राम सुन र १ सय २० तोला चाँदी जडित कप र उपविजेताले ५५ हजार ५ सय रुपैंया पाउने क्लवका महासचिव सोदेम्बाले जानकारी दिए । आयोजकले गोल्ड कपको अवधिभर ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने र डेढ करोड बढीको कारोवार हुने आकलन गरेको छ । 
 
Displaying goldcup1.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ