arrow

मोटरसाइकल दुर्घटनामा तरुण दल बझाङ अध्यक्ष ऐडीले गुमाए पत्नी, ३ बर्षिय छोरा सकुसल

logo
शैलेन्द्र रोकाया
प्रकाशित २०७६ चैत ६ बिहिबार
bishnu-bajhang.jpg

बझाङ। मोटरसाइकल दुर्घटनामा परि तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडीले पत्नी गुमाएका छन्। दुर्घटनामा घाइते भएका छोरा भने सकुसल छन्।

भे.९ प. ६७८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा छविसपाथिभेरा गाउँपालिका २ की उजली ऐडीको मृत्यु भएको छ भने उनका श्रीमान विष्णु ऐडी घाईते भएका छन्। 

घनगढीबाट घर छबिसपाथीभेरा गाउँपालिका २ मुम्ला आउने क्रममा भाडे जयपृथ्बी सडक खण्ड अन्तरगत चौघानपाट नजिकै रहेको खोलागडा भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मोटरसाइकलमा सबार रहेका ऐडीका ३ बर्षिया छोरा रिकी ऐडी सकुसल रहेका छन् ।

नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत रहेका ऐडीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने उनकी श्रीमतीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको प्रहरी नायब उपरिक्षक गणेश बमले जानकारी दिए।

घटनास्थल नजिकै झण्डै ६ वटा दुर्घटनाबाट १६ जना भन्दा बढीको मृत्यू भइसकेको समेत स्थानीयले बताएका छन् I           



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ