मोटरसाइकल दुर्घटनामा तरुण दल बझाङ अध्यक्ष ऐडीले गुमाए पत्नी, ३ बर्षिय छोरा सकुसल
शैलेन्द्र रोकाया
प्रकाशित २०७६ चैत ६ बिहिबार
1k
Shares
बझाङ। मोटरसाइकल दुर्घटनामा परि तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडीले पत्नी गुमाएका छन्। दुर्घटनामा घाइते भएका छोरा भने सकुसल छन्।
भे.९ प. ६७८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा छविसपाथिभेरा गाउँपालिका २ की उजली ऐडीको मृत्यु भएको छ भने उनका श्रीमान विष्णु ऐडी घाईते भएका छन्।
घनगढीबाट घर छबिसपाथीभेरा गाउँपालिका २ मुम्ला आउने क्रममा भाडे जयपृथ्बी सडक खण्ड अन्तरगत चौघानपाट नजिकै रहेको खोलागडा भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
मोटरसाइकलमा सबार रहेका ऐडीका ३ बर्षिया छोरा रिकी ऐडी सकुसल रहेका छन् ।
नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत रहेका ऐडीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने उनकी श्रीमतीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको प्रहरी नायब उपरिक्षक गणेश बमले जानकारी दिए।
घटनास्थल नजिकै झण्डै ६ वटा दुर्घटनाबाट १६ जना भन्दा बढीको मृत्यू भइसकेको समेत स्थानीयले बताएका छन् I