arrow

भारतसँगको निश्चित सिमाना बन्द गर्न गगन थापाको सुझाव

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
Gagan-Thapa.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको भारतसँगको सिमा नाका बन्द गर्न सरकारसँग आव्हान गरेका छन्। विश्वमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लगि भारतसँगको सिमा नाकामा निश्चित नाकाहरु तोकेर बाँकीलाई पुर्ण रुपमा बन्द गर्नुपरने बताएका हुन्। पछिल्लो समय नेता थापाले कोरोना भाइरसका बारेमा सजगता फैलाउने क्रममा तिव्रता ल्याएका छन्। उनले सामसदमा पनि सरकारले र सामसदले के गर्ने भन्ने बारे प्रस्ताव गरेका थिए।

नेता थापाले सामाजिक संजालहरुमा नियमित रुपमा कोरोना भाइरसको संक्रमणलाई लिएर सजगता कायम गर्न सक्रिय देखिएका छन्। नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोना भाइरस संक्रमण बारे सचेतना प्रसार गर्ने कुरा टेलिकमका एमडीलाई भेटेर भनेका थिए जुन टेलिकमले तुरुन्तै कार्यन्वयनमा ल्याएको थियो।

पछिल्लो समय पुर्व स्वास्थ्य मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, 'नेपाल भारत सिमानामा आवतजावतका लागि निश्चित सीमा तोकेर बाँकी नाकालाई पूर्ण रुपमा बन्द गरौं। खुला नाकाबाट प्रवेश गर्ने प्रत्येकको विवरण संकलन गरौं। परीक्षण गर्न पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था तथा शंकास्पदलाई अलग राखेर थप परिक्षण गर्ने व्यवस्था गरियोस्।'

@PM_Nepal @IshwarPokhrel
नेपाल भारत सिमानामा आवतजावतका लागि निश्चित सिमा तोकेर बाँकी नाकालाई पुर्ण रुपमा बन्द गरौं।खुला नाकाबाट प्रवेश गर्ने प्रत्येकको विवरण संकलन गरौं।परीक्षण गर्न पर्याप्त जनशक्ति र उपकरणको व्यबस्था तथा शंकास्पदलाई अलग राखेर थप परिक्षण गर्ने व्यवस्था गरियोस्।

— Gagan Thapa (@thapagk) March 20, 2020

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ