भारतसँगको निश्चित सिमाना बन्द गर्न गगन थापाको सुझाव
प्रकाशित २०७६ चैत ७ शुक्रबार
953
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको भारतसँगको सिमा नाका बन्द गर्न सरकारसँग आव्हान गरेका छन्। विश्वमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लगि भारतसँगको सिमा नाकामा निश्चित नाकाहरु तोकेर बाँकीलाई पुर्ण रुपमा बन्द गर्नुपरने बताएका हुन्। पछिल्लो समय नेता थापाले कोरोना भाइरसका बारेमा सजगता फैलाउने क्रममा तिव्रता ल्याएका छन्। उनले सामसदमा पनि सरकारले र सामसदले के गर्ने भन्ने बारे प्रस्ताव गरेका थिए।
पछिल्लो समय पुर्व स्वास्थ्य मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, 'नेपाल भारत सिमानामा आवतजावतका लागि निश्चित सीमा तोकेर बाँकी नाकालाई पूर्ण रुपमा बन्द गरौं। खुला नाकाबाट प्रवेश गर्ने प्रत्येकको विवरण संकलन गरौं। परीक्षण गर्न पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था तथा शंकास्पदलाई अलग राखेर थप परिक्षण गर्ने व्यवस्था गरियोस्।'
@PM_Nepal@IshwarPokhrel
नेपाल भारत सिमानामा आवतजावतका लागि निश्चित सिमा तोकेर बाँकी नाकालाई पुर्ण रुपमा बन्द गरौं।खुला नाकाबाट प्रवेश गर्ने प्रत्येकको विवरण संकलन गरौं।परीक्षण गर्न पर्याप्त जनशक्ति र उपकरणको व्यबस्था तथा शंकास्पदलाई अलग राखेर थप परिक्षण गर्ने व्यवस्था गरियोस्।