arrow

दिल्लीबाट पैदल आउन लागेका नेपालीलाई तत्काल उद्धार गर्न केसीको माग

logo
प्रकाशित २०७६ चैत १३ बिहिबार
nepali.jpg

काठमाडौंI लकडाउनका बाबजुद दिल्लीबाट पैदल आउन लागेका नेपालीलाई तत्काल उद्धार गर्नकांग्रेस नेता अर्नुन नरसिंह केसीले माग गरेका छन् । केसीको अपिल जस्ताको तस्तै:

भारतको मुम्बईबाट स्वदेश फर्किनका लागि रेलमा आएका करिब ८० जना नेपालीहरू नयाँदिल्ली महानगरनिकट पूर्ववर्ति गाजियावादमा भोकै–प्यासै बीच बाटोमा अलपत्र र उपायहिन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै–कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखीत छु । त्यसमा डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि छन् र भोकै रहेकाे बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक, कारुणिक अवस्था देखिन्छ ।

एकातिर कोरोना भाईरस महामारीको संकट, अर्कातिर सर्वत्र सुनसान परिस्थितिमा यी नागरिकहरू बसिरहेको होटेलबाट निकालिएर सडकमा अलपत्र अवस्थामा रहनु साह्रै गम्भीर अन्याय हो र शारीरिक तथा मानसिक यातना पनि हो। अघिल्लो महिना चीनको वुहानमा कस्टकर अवस्थामा रहेका १७० नेपाली नागरिकहरूलाई जसरी सरकारले आफ्नै विमान पठाएर स्वदेश ल्याउने स्वागतयोग्य काम गरेको थियो, संकटको यस अवस्थामा स्वदेश फर्किन चाहने तर उपायहिन अवस्थामा अलपत्र परेका आफ्ना नागरिकहरू जहाँ भए पनि स्वदेश फर्काउन सरकारले यसैगरी विशेष प्रबन्ध मिलाउनुपर्छ भन्ने मेरो दृढ मान्यता र जोडदार माग छ ।
 
नेपालमा जस्तै भारतमा लक्ड डाउनको कारण अलपत्र परेका ती नागरिकहरूले चाहेर पनि स्वयं प्रबन्ध मिलाएर नेपाल फर्किन सक्ने अवस्थामा नभएकोले आफ्ना नागरिकहरूप्रति जिम्मेवारी लिनुपर्ने  राज्यको अनिवार्य दाईत्व हो।  यो संकटपूर्ण अवस्थामा तिनीहरूको यथाशिघ्र उद्धार गरी स्वदेश ल्याउन र आवश्यकता अनुसार क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाउन ढिलाई नगरियोस्, यसका लागि नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा जो चाहिने निर्देशन तत्काल दिईयोस् भनी म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।

यो संघर्ष समग्र नेपाली र कोराना बिचको हो। हामी नेपाली मात्र हौं धनी, गरीब, जातभात  जाती धर्म, क्षेत्र र राजनीतिबाट माथी उठेर यो महामारीसँगको संघर्षमा एकभएर समर्पित हुनु यस परिस्थिमा हाम्रो साझा कर्तव्य हो।

लक्ड डाउनलाई पूर्ण राष्ट्रिय समर्थन छ तर रोजै काम गरेर जहान बच्चाको पालन पोषण गर्नु पर्नेहरुको दुर्दशापूर्ण अवस्था समाधान गर्न तुरुन्त राहत प्याकेज व्यबस्था गर्नु सरकारको अनिवार्य कर्तव्य हो। चिकित्साकर्मीको सुरक्षाको निमित्त पीपीई, परीक्षण किटको अझै अभाव सुनिन्छ। परीक्षण व्यापक बनाउँदै हरेक जिल्लामा केन्द्र तोकी साधन, श्रोत, दक्ष जनशक्ति को व्यबस्था गर्न ढिलाइ भइसक्यो । ( A stich in time saves nine ) भने झै समयमै गम्भीर र जिममेवार बन सरकार। लकडाउन अझै लम्बिन पनि सक्छ ? तसर्थ दैनिक अनिवार्य आबस्यक उपभोक्ता सामग्रीको  माग र आपूर्तिको बजार व्यवस्थापनतिर विशेष चनाखो बन सरकार!-अर्जुन नरसिंह केसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ