arrow

सनसीटीमा रहेका कांग्रेस नेता रिजाल भन्छन, ‘संक्रमितहरु बेलायतमै कोरोना पोजेटीभ भएको बल्ल थाहा भयो ’ 

‘ लकडाउन भन्दा माथि सिलबन्दीको अवस्थामा छौ’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख १ सोमबार
ramesh-rijal.gif

काठमाडौं। नेपाली काँग्रेसका नेता रमेश रिजाल आफू बसेको सनसीटीमा तीनजना कोरोना संक्रमित रहेको फेला परेपछि आफूहरु लकडाउन भन्दा पनि कडा सीलबन्दीमा रहेको बताएका छन्। 

तीनजना कोरोना संक्रमित फेला परेसँगै प्रसासनले अपार्टमेन्टलाई सीलवन्दी गरेको रिजालले बताए। श्रीमती र छोरासँगै बस्दै आएका रिजालले प्रसासनले गरेको सीलबन्दीलाई एकदमै जायज बताए। उनले भने, ‘अब सिलबन्दीसँगै कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पनि गर्नुपर्छ।‘  

सनसीटीमा ए, बी, एच, आई र जे गरि पाँचवटा टावरमा करिव ५ सय दश परिवार छन्। परिवारका साथ एच टावरमा बस्दै आएका संघीय मामिला तथा प्रदेश मामिला समन्वय विभागका प्रमुख समेत रहेका रिजालले हाम्राकुरासँग भने, ‘संक्रमित भनिएको व्यक्तिको परिवार ए टावरमा बस्दै आएका थिए। तीनै जना बेलायतबाट आएका हुन्। आमा, छोरा र बुहारी तीनै जना संक्रमित भएर पाटन अस्पताल लगिएका छन्। त्यहाँ उनीहरुलाई आइसोलेसनमा राखिएर उपचार भएको खबर सोसाइटीमा आएको छ।‘ 

लकडाउनमा कतिपय अत्यावश्यक अवस्थामा वाहिर निस्कन पाइन्छ भने सिलवन्दीमा विरामी भएको अवस्था बाहेक वाहिर निस्कन पाइदैन। सिलवन्दीमा प्रहरीको २४ सै घण्टा निगरानी हुन्छ। 

चैत्र ३ गते बेलायतबाट आएका पनेरु परिवारका सदस्यहरुले आफूहरुलाई बेलायतमा कोरोना संक्रमण भएर ठीक भएको डाक्टरलाई जानकारी दिएको सनसीटी सोसाइटीमा साँझ खबर आइपुगेको थियो। तर उनीहरुले नेपाल आइसकेपछि त्यो कुरा सोसाईटीमा भनक समेत लाग्न दिएनन। यदि उनीहरु बेलायतमा विरामी भइ ठीक भएको भनिएको कुरा सत्य रह्यो भने कोरोना दोहोरिएर आउनसक्ने कुरामा पनि सचेत हुनुपर्ने उनले बताए। 

नेपाल आइसकेपछि सनसीटीमा केहि दिन ज्वरो आएर फ्ल्याट बाहिर ननिस्केका उनीहरुले ज्वरोको औषधी खाएर करिव आठ दश दिनपछि निस्केका थिए। उनीहरु अपार्टमेन्टको परिसरमा भने ५ सात दिनदेखि साँझ विहान निस्कन थालेका थिए।

‘तर एक्कासी उनीहरुको परिवार कोरोना संक्रमित भएर आइसोलेसनमै रहनु परेपछि एपार्टमेन्टमै एक किसिमको सन्नाटा छ। उनीहरु रहेको ए टावरमा अझ सतर्कता अपनाइएको छ। सम्भवत प्रसासनले सेनिटाइजको काम पनि गर्छ होला,’ रिजालले भने।    

सिलबन्दी गरेपछि अझ फ्ल्याटमै सिमित हुनुपरे पनि संक्रमण नफैलिएको समाचार सुन्न पाइयो हुन्थ्यो भन्ने कामना गरेर बसेको रिजालले बताए। केहि दिन अब फ्ल्याटमै सिमित हुनुपर्दा प्रसासनले अत्यावश्यक बस्तुहरु आपूर्ती गर्ने कुरा सोसाइटीका सदस्यहरुलाई खबर गरेको छ। रिजालले भने, ‘मेरो परिवारमा भने गेडागुडी र तरकारीको व्यवस्था केहि दिनलाई पुग्ने छ।‘ श्रीमती र छोरा चामलको भात खाने र आफू पिठोको रोटी खादै आएको सुनाउँदै उनले केहि दिनलाई पुग्ने बन्दोबस्ती रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ