arrow

तरुण दलले बाँड्यो ३० बच्चालाई लिटो र ५० परिवारलाई राहत

logo
सीता डोटेल, 
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
Tarun-Dal.jpg

पाल्पा । तरुण दलले तानसेनका ३० जना बच्चालाई पौष्टिक आहार लिटो र ५० बिपन्न परिबारलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको छ । 

तरुण दल तानसेन नगरपालिका वडा नम्बर २ को संयोजनमा प्रदेश सांसद वीरबहादुर रानाले राहत बितरण गर्दै  लम्बिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई दिइएको राहतले निकै सहयोग पुग्ने बताए । 

लकडाउनले केही समस्या पारेको छ, प्रदेश सांसद रानाले भने, ‘संयमीत रहौ,एक अर्का बिचको दुरी बढाऔ, आत्मबल बढाउ, अत्यन्तै समस्या परेमात्र बाहिर निस्कौ, होइन भने लकडाउनको पालना गरौ राज्यले समस्यामा परेका नागरिकलाई हेर्नैपर्दछ ।’
 
तानसेन नगरपालिकाले दोस्रो चरणको राहत बितरण नगरेको अबस्थामा बिपन्न परिवारलाई दैनिक गुजारा चलाउन झनै समस्या थपिएकोले तत्काल राहत बितरण गर्न माग गरिएको छ । 

नागरिकको यही समस्यालाई महशुस गरि तरुणहरुले राहत बितरण गरेको तरुण दल तानसेन वडा न २ सभापति बिनायक महर्जनले बताए ।
 
तरुण दलले जन्मेको ६ महिनादेखि २ बर्ष उमेर समुहका ३० जना बच्चाको लागी सर्वोत्तम आहार लिटो बितरण गरेको हो । लकडाउनमा बेला लिटो समेत किन्न नपाएका आमाहरुले तरुण दलले बच्चा लक्षित लिटो दिदा निकै खुशी भएको बच्चा लिएर आइपुगेका आमाहरुले बताएका थिए । 

यसैबीच तरुण दलले ५० घर परिवार बिपन्नपरिवारलाई राहत खाद्यान्न सामाग्री र तरकारी बितरण गरेको छ । उनीहरुलाई चामल, दाल, तेल, आलु, प्याज लगायतका अत्यावश्यक सामाग्री बितरण गरेको अध्यक्ष महर्जनले जानकारी दिए । 

निरन्तर लकडाउन लागेको ४४ दिन भैसक्दा दैनिक गुजारा चल्नै नसक्ने परिवारलाई नारायणथान मन्दिर परिषरमा सामाजिक दुरी कायम गरि राहत बितरण गरिएको नेपाली काङ्ग्रेसका महासमिती सदस्य हिमालदत्त श्रेष्ठले बताए । 

बिपन्न परिबारलाई चल्न समस्या भैसक्यो जिल्लाका धेरैजसो पालिकाले दोस्रो चरणको राहत बितरण गरिसकेका छन्, श्रेष्ठले भने - अब तक्काल बाढिएन भने अबस्था झन् नाजुक हुनेछ ।

लकडाउनमा नागरिकलाई सहयोग होस् भनेर दिन बिराएर अत्यावश्यक पसल खोल्ने गरिएकोमा भीडभाड भएकोले दैनिक २ घण्टा खोल्न सुझाब, बिगतमा जिल्ला प्रशासन कार्यालयले दिने अनलाइन पास बितरण एकपक्ष भएकाले यस्ता किसिमका हरेक क्रियाकलाप सच्याउन ध्यानाकर्षण गराउने नेपाली काङ्ग्रेस वडा सभापति बरुण रेग्मीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ