arrow

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
ncell-logo.jpg

काठमाडौं। विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएका विद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदा लिन सक्छन् । उच्च शिक्षाको लागि देशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ।

लकडाउन अर्थात बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक आज  (बुधबार, वैशाख ३१) बाट संञ्चालनमा ल्याएको छ। विद्यार्थीले रु १५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन्। प्याक अन्तर्गतको डेटा भोलुमको समयसिमा ७ दिनको रहनेछ।

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले  ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदा लिन सक्नेछन्। विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अभ्ययन गर्न सक्छन् । 

विद्यार्थीहरुले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२०ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ । 

नेपालको राष्ट्रिय विश्वद्यिालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निमित्त यो विशेष डेटा प्याक मार्फत सहयोग गर्न पाएकोमा कम्पनी निकैनै हर्षित रहेको एनसेलले जनाएको छ । अनलाइन सिकाईका लागि विषेश रुपमा तयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । 

यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहकमाझ संचाार सेवाको पहुँच सुनिश्चित राख्न विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जिबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स टा«न्सफर सेवा, सापटी रकमा थप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्ने मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजीटल सेवाहरुमा निःशुल्क पहुँच जस्ता अन्य थुप्रै सेवाहरु एनसेलले ग्राहकका लागि ल्याएको छ । कोरोनाको महामारीमा ग्राहकका लागि एनसेलले ल्याएको सेवा तथा योजनाहरुको थप जानकारी https://www.ncell.axiata.com/staysafe लिङ्कमा उपलब्ध छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ