arrow

निर्मला पन्त करणीपछि हत्याको दुई वर्ष पूरा, अपराधीलाई कार्वाही भने अपूरा

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
nirmala-pant-killed.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ । साथीको घरमा गृहकार्य गर्न २०७५ साल साउन १० गते गएकी निर्मला घर फर्किनन् । 

उनको बलात्कारपछि हत्या भएको अवस्थामा अर्को दिन शव फेला परेको थियो । हत्या भएको दुई वर्षसम्म पनि अपराधी भने पत्ता लाग्न सकेको छैन ।

दुई वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिएको छ । घटनाको सरकारी तवरबाटै आधा दर्जनभन्दा बढी अनुसन्धान भएका थिए । अनुसन्धानकै क्रममा ८० भन्दा बढीको डीएनए परीक्षण र पाँच सय भन्दा बढी जनासंग सोधपुछ गरियो । 

घटनाका वरिपरि देखिने सयौँ पात्रहरुका कल डिटेल पनि लिइयो । तर सुराकी पत्ता लागेन । उक्त बलात्कारी र हत्याराका अगाडि नेपाल सरकार, सुरक्षा टोली सबै निरीह देखियो । 

प्रहरीले एक वर्षको अवधिमा कसैलाई कार्वाहीको दायरामा ल्याउन नसकेको भन्दै आलोचना भएको छ । प्रहरी भने अनुसन्धान अझै नसकिएको भन्दै ढिलै भए पनि हत्यारा पत्ता लगाएरै छाड्ने विश्वास गर्दै आइरहेको छ । 

कतिपय घटनाका दोषीहरु ढिला गरी पनि पत्ता लागेको भन्दै निर्मलाका हत्यारा कुनै दिन पत्ता लाग्ने प्रहरीले बताउँदै आएको छ । 

घटनास्थलको संरक्षणदेखि मुचुल्का, शिलबन्दी र अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको थियो । प्रहरीका दुई जना प्रमुखहरु फेरिइसकेका छन् । तर हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । 

केपी शर्मा ओली नेतृत्वको सरकार नै यो घटना लुकाउन लागिपरेको आरोप लाग्दै आएको छ । 

निर्मलाकी आमा भने यस्तो कसैका आमालाई नहोस् भन्छिन् । उनी छोरीका बलात्कारी र हत्यारालाई सिंगो देशले पत्ता लगाउन नसक्नु दुःखद भएको बताउँछिन् । 

निर्मलाका हत्यारा पत्ता नलाग्दा अहिले बलात्कारीको मनोबल बढ्दै गएको देखिएको छ । पछिल्ला समय आएका बलात्कार पछि हत्या गरिएको घटना बढ्दै जाँदा कलिला छोरीचेलीहरु असुरक्षित बन्दै गएका छन् । 

सरकार भने यसमा मुकदर्शक बनेको देखिएको छ । केही मुद्दामा बलात्कारीलाई कारबाहीमा ल्याएको भएपनि चर्चित बनेको निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा त्यस्ता दूराचारीहरुको मनोबल बढेको देखिएको छ । 

एआईजी धिरु बस्न्यातको प्रतिवेदन नै खारेज, निर्मला पन्तका हत्यारा को ?  

निर्मला हत्या प्रकरणमा झुठो बोल्ने प्रधानमन्त्री ओली र प्रचण्डले माफी माग्नुपर्छ – रमेश लेखक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ