arrow

कोरोना जितेर आएका कर्मचारीलाई टेलिकममा स्वागत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
telecom-corona-warrior.jpg

काठमाडौं। कोरोनाका कारण विश्व नै आक्रान्त भइरहेको बेला नेपालमा समेत प्रत्येक दिन बढ्दो दरमा नयाँ संक्रमितको संख्या थपिदै गईरहेको छ । एकातीर नयाँ संक्रमीत थपिनु र अर्कोतिर नीको भएर घर फर्कीएका र आफ्नो कार्यथलोमा परिश्रम गर्न निस्किएका स्वस्थ व्यक्तिलाई समेत समाजमा हेर्ने दृष्टिकोण नकारात्मक हुनुले पिडीत झन पिडा भोग्न बाध्य भएका समाचारहरु एक पछि अर्को आईरहेका छन् ।

कोराना भएर नीको भई कोठामा र्फकदा कोठाबाट घरबेटीले निकालेका घटना, स्वास्थ्यकर्मीलाई कि जागीर छोड्न कि कोठा छोड्न दिएका चेतावनी र छिमेकीले कोरोना विरामीको घरमा ताला लगाईदिएका घटना पनि सार्वजनिक भए ।

यस दुखद समयमा समाजको संक्रमितप्रति हेर्ने दृष्टीकोण परिवर्तन हुनुपर्ने र आम नागरिकले कोरोना पिडीतप्रती सोच्ने शैली बदल्नु पर्ने संदेश दिदै नेपाल टेलिकम वर्कर्स यूनियन काठमाण्डौ क्षेत्रीय समितिले एक कार्यक्रम गरेको छ । समितिका अध्यक्ष अचुत कुमार ओझा, केन्द्रीय सदस्य राकोश लामा, क्षेत्रीय सदस्य काजी अधिकारी, पीएमएस संयोजक संतोष शर्माले स्वयं कार्यथलोमा नै पुगेर पहिला संक्रमीत भएका तर हाल स्वस्थ भएर नेपाल टेलिकम पावर विभाग, छाउनीमा काम गर्न कार्यालय आएका विभागका प्रमुख लगाएत अन्य ५ जना पुर्व संक्रमीत कर्मचारीहरुलाई कोरोनालाई जितेर आउन सफल भएकोमा खादा लगाएर स्वागत एवं शुभकामना दिएका छन्। 

नेपाल टेलिकमले आफ्ना कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च सर्तकता र सजगता अपनाउदै काम लगाउदा समेत केही कर्मचारीमा संक्रमण देखिएको छ । संक्रमण ठीक भएका कर्मचारीहरुसँगको उक्त भेटमा अध्यक्षले अन्य साथीहरुलाई जसरी व्यवहार गरिन्छ संक्रमण पछि निको भएर कार्यालय फर्किएका कर्मचारीहरुमा हिजो र आजको व्यवहार फरक नहोस् तथा उच्च मनोबल कायम गर्न सकारात्मक बातावरण निर्माण गर्ने प्रयासको रुपमा रहेको बताए ।

भेटमा विभागका प्रमुखले आफुहरु कोरोना लाग्दा सुरुमा हतोत्साही भएपनि सबैको माया, साथ र सहयोगले जित्न सफल भएको अनुभव सुनाए । उच्च मनोभावना, साथीभाईको साथ र परिवारको मायाका पाउने हो र समयमा सहि उपचार, आराम र खानपानको व्यवस्था हुन सक्ने हो भने कोरोनालाई जीत्न सहज हुने अनुभव उनीहरुले सुनाए । समाजले स्वस्थ भएर आउदा समेत अझै हेय र दुरदुरको भावनाले हेरिरहेको समयमा यूनियनका साथीहरुले खोजीखोजी हाम्रो कार्यालयसम्म आएर देखाउनु भएको सद्भावप्रति आभारी व्यक्त गरे।

क्षेत्रीय अध्यक्ष ओझाले आफुहरुले संक्रमण निको भएर कार्यालय फर्किएका कुनै पनी कर्मचारी सहजै कार्यालयको काममा आउन सकुन भन्ने मनसायका साथ सांकेतीक रुपमा सन्देश दिएको बताए। साथै सम्पुर्ण कार्यालयमा रहेका आफ्ना ईकाइ समितिका प्रतिनिधिमार्फत संक्रमण निको भएर फर्किएका कर्मचारीलाई सहज रुपमा काममा र्फकने बाताबरण निमार्ण गर्न पहल गरिरहने समेत प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ