arrow

मृत छोरा ब्युँताउन पुगेकी महिलालाई बुद्धको एक सर्त

logo
बुद्ध,
प्रकाशित २०७७ असोज १३ मंगलबार
buddha-woman.jpg

काठमाडौं ।  एक महिलाले अल्पायु मै छोरालाई गुमाइन् । उनको जवान छोराको मृत्यु भयो । उनको श्रीमानको पहिल्यै मृत्यु भएको थियो । छोराको मृत्युपछि उनि पागल जस्तै भइन् र आफ्नो पुत्रको शव लिएर गाँउ गाँउमा घुम्न थालिन् । घुम्दै उनि महात्मा गौतम बुद्ध भएको ठाँउ पुगिन् ।

 उनले रुदै बुद्धलाई भनिन्, 'मेरो यो एक्लो छोरा हो । यही मेरे जीवनको आधार हो , यदी यो नरहे मेरा जीवन व्यर्थ छ । कृपया, यसलाई कुनै प्रकारले जीवित गरिदिनुहोस। तपाई जे पनि गर्न सक्नुहुन्छ , मेरो प्रार्थना स्वीकार गर्नुहोस।'

 गौतम बुद्धले भने, 'ठीक छ म तिम्रो छोरालाई पुन जीवित गरिदिन्छु,  तर त्यो भन्दा पहिले तिमीले मेरो एउटा काम गर्नुपर्नेछ । तिमी गाँउको कुनै एक घरबाट एक मुट्ठी अन्न लिएर आउ जसको घरमा कहिल्यै कसैको मृत्यु भएको छैन ।'

महिला खुशी भइन । उनने यो सामान्य काम हो भन्ने सोचिन् । उनले भनिन्, 'म अहिले यस्तो घर खोज्छु ।' उनि छोराको शव त्यहि छोडेर गाँउ तर्फ लागिन् । उनि प्रत्येक घरमा गएर भन्न लागिन, 'यदी तपाईहरुको घरमा कसैको मृत्यु भएको छैन भने मलाई एक मुट्ठी अन्न दिनुहोस ।'

विहान हिडेकी उनि बेलुका भयो , तर उनले गाँउमा यस्तो घर भेटिनन् जहां कहिले कसैको मृत्यु नभएको होस । उनले बुझिन् मृत्यु त अटल सत्य हो र यसबाट कोहि बच्न सक्दैन । एक दिन सबैले मर्नु छ ।

उनि तुरुन्तै गौतम बुद्ध भएको ठाँउमा फर्किइन् । उनले बुद्धसँग भनिन्, 'तपाई मेरो छोरालाई जीवित नगर्नुहोस तर मलाई जीवन र मृत्युको रहस्य बताउनुहोस ।'  

बुद्धले भने, 'मैले तिमीलाई घर-घर यसकारण पठाएको थिए कि तिमी मृत्युको सत्यतालाई बुझ्न सक। जसले जन्म लिएको छ, उसले एक दिन अवश्य नै मर्नु पर्नेछ । मृत्यु नै जीवनको स्वभाव हो ।'

त्यसपछि उक्त स्त्री बुद्धसँग अत्मज्ञानको दीक्षा लिएर ध्यान गर्न थालिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ