arrow

हुम्लामा चिनियाँ अतिक्रमण बिरुद्ध सुर्खेत र बर्दियामा प्रदर्शन र राँके जुलुस

चिनियाँ राष्ट्रपतिको तस्विर पनि जलाइयो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
protest-against-china.jpg

काठमाडौं। चीनले हुम्ला जिल्लामा गरेको अतिक्रमण विरुद्ध देशका विभिन्न भागमा प्रदर्शनहरु भएका खबरहरु आएका छन्।  मंगलवार दिउँसो  नेपाल रिपब्लिकन पार्टीले चिनियाँ दुतावास अघी प्रदर्शन गरेको थियो । साँझ भने यूवा विद्यार्थीहरुले हुम्ला जिल्ला रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेत र प्रदेश ५ को बर्दियामा प्रदर्शन गरेका छन्।

सुर्खेत र बर्दियामा साँझ भएको प्रदर्शनमा यूवा विद्यार्थी सहितका प्रदर्शनकारीहरुले गो ब्याक चाइना तथा ब्याक अफ चाइना लगायतका नारा लगाएका थिए। उनीहरुले कुनै पनि छिमेकीले मिचेको भूमी फिर्ता ल्याउन खुट्टा कमाउन नहुने भन्दै हाम्रो भूमी प्राण भन्दा प्यारो रहेको नारा समेत लगाएका थिए। प्रदर्शनकारीहरुले चिनियाँ राष्ट्रपति सि जिनपिङको तस्विर समेत जलाएका थिए।

हुम्लामा नेपाली भुमिमा चिनियाँ पक्षले भवन बनाएको भन्दै नेपाल रिपब्लिकन पार्टीले मंगलवार दिउँसो चिनियाँ दुतावास अगाडी प्लेकार्ड र व्यानर सहित प्रदर्शन गरेको थियो । प्रदर्शनमा उत्रिएकाहरुमध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर साँझ छोडेको थियो।

चीनले हुम्लाको लोलुङजोङको सीमा भन्दा यता डेढ किलोमिटर नेपालतर्फ भुमि मिचेर भवन बनाएको स्थानिय जनता र जनप्रतिनिधीहरुले खुलासा गरेपछि काठमाडौं लगायतका देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन्। सोमबार नेपाली कांग्रेसका यूवा नेता कुन्दन काफ्लेको नेतृत्वमा चिनियाँ दुतावास अगाडीनै प्रदर्शन गरिएको थियो। सो क्रममा प्रहरीले छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

हुम्ला लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डेढ किलोमिटर यता आएर चिनियाँले भवन बनाए पनि सरकारले वास्ता नगरेको बताएका थिए। सरकारले हतार हतार सीमाको बिषयमा टिप्पणी गर्नु रहस्यमयी भएको नेपाली कांग्रेसले आरोप लगाएको छ। यस विषयमा केपी ओली नेतृत्वको सरकारले रहस्यमयी मौनता जनाउँदै चीनले भुमि नमिचेको प्रतिक्रिया दिएको कांग्रेसले आरोप लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ