arrow

इसेवाले पायो आइएसओ २७००१:२०१३ मान्यता प्राप्त प्रमाणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असोज १४ बुधबार
esewa-iso.jpg

काठमाडौं। भुक्तानी सेवा प्रदायक संस्था इ–सेवाले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ। सूचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१ ले तोकेका मापदण्डहरु पालना गर्दै इ–सेवाले आइएसओ २७००१:२०१३ प्रमाणपत्र प्राप्त गरेको हो। आइएसओ प्रमाणपत्र प्राप्त गरेसँगै इ–सेवाले दिँदै आएका सेवा र प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने पुष्टि भएको इ–सेवाले दावी गरेको छ।

आइएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आइएसओ प्रभाणपत्र प्राप्त गर्न इ–सेवाका ग्राहक, एजेन्ट नेटवर्क र सम्पुर्ण सरोकारवालाको लागि खुशीको कुरा रहेको बताए। ‘हामीले स्थापनाकाल देखि नै सूचना प्रणाली , गोपनियता र  सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएका छौँ’ सापकोटाले भने, ‘ टेक्नोलोजीमा आधारित व्यवसाय सञ्चालन गरिरहेकोले बढी संवेदनशील भएर विश्वस्तरिय सुरक्षा मापदण्डहरु अपनाउदै आएको सिलसिलामा सुचना प्रणाली सम्बन्धि ग्लोबल बेन्चमार्क आइएसओ २७००१ प्राप्त गर्नु हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो।’ उक्त आइएसओबाट सर्टिफाइड भएसँगै  इ–सोवको सेवा सुरक्षित र गुणस्तरिय रहेको पुष्टि गरेको सापकोटाले दावी गरे।

आइएसओ  २७००१ः २०१३ (हालको संस्करण) लाई संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाँच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ। कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाँच्ने  आधारका रुपमा आइएसओलाई लिइने गरेको छ। नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेको इ–सेवाको दावी छ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इ–सेवा नेपाल नगरपालिका, गाउँपालिका तथा वडासम्मै पुगेर क्यासलेस अर्थतन्त्र निर्माणमा योगदान दिइरहेको कम्पनीको दावी छ। हाल इ–सेवाका देशभर एक लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका र इ–सेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब ३५ लाख रहेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ