arrow

इसेवा मनि ट्रान्सफरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक  

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असोज १९ सोमबार
eSewa-money-recharge.jpg

काठमाडौं। इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ। इसेवाले सोमबार उक्त अफर सार्वजनिक गरेको हो। अफर अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा १ सय रुपैयाँ  बराबरको  रिचार्ज जित्न सकिने जानकारी गराएको छ।

इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा १ सय रुपैयाँ बराबरको रिचार्ज पाइने र सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा त्यति नै रकम बोनस प्राप्त गर्न सकिने जानकारी दिएको छ।

विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुने उक्त योजना मंसिर ६ गतेसम्म लागु हुने इसेवाले जानकारी दिएको छ । रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहेकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ।

हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्र्याउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ