- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। इसेवा मनी ट्रान्सफर र हङकङको के एम् ई रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले के एम् ई रेमिटेन्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजार भन्दा धेरै इसेवा मनी ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त सकिने बताइएको छ ।
त्यसैगरी बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । के एम् ई रेमिटेन्सले छिटै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने बताइएको छ । रेमिटेन्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र के एम ई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।
इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिटेन्सका साथै एजेन्ट बेस रेमिटेन्स सेवामार्फत नेपालमा रकम भित्राउँदै आएको छ । इसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।