arrow

फोनपेको उपहार योजनामा हरेक दिन उपहार जित्न सकिने

बम्पर उपहारमा यमाहाको एफजेडआइ स्कुटर

logo
हाम्रा कुरा
प्रकाशित २०७७ मंसिर ८ सोमबार
fonepay-esewa.jpg

काठमाडौं। फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा  उपहार’ योजना सार्बजनिक गरेको छ। फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो। जहाँ प्रयोगकर्ताले दैनिक,साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन्।

यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रू एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रू १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक-एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिनेछ। बम्पर उपहार उपहार योजनाको अन्निममा सार्बजनिक गरिनेछ। यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ।

फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ