arrow

बुद्धलाई आनन्दले सोधे- 'अहिलेसम्म कति मानिसहरूले मोक्ष मागे?'

logo
बुद्ध,
प्रकाशित २०७७ मंसिर ९ मंगलबार
gautam-buddha1.jpg

काठमाडौं । एक समय महात्मा बुद्ध आफ्नो शिष्यहरूलाई सत्संग सुनाइरहनु भएको थियो । उहाँका प्रिय शिष्य आनन्दले हात जोडेर प्रार्थना गर्दै भन्छन्, 'गुरु महाराज! तपाईंले धेरै समयदेखि मानिसहरूलाई ज्ञानयुक्त मार्मिक कुराहरू सुनाउँदै आइरहनु भएको छ, अहिलेसम्म कति मानिसहरूले मुक्ति, मोक्ष मागेका छन ? कति मानिसहरुले ईश्वरको दर्शन गर्ने मनको जिज्ञासा प्रकट गरेका छन ?'

भगवान बुद्धले भन्नुभयो, 'आनन्द! यसको उत्तर म तिमिलाई भोलि दिनेछु ।' अर्को दिन जब शिष्य आनन्द त्यहाँ पुगे, तब भगवान बुद्धले भन्नुभयो, 'आनन्द! तिमि शहरको एक-एक घरमा गएर मानिसहरूलाई तिमीलाई के चाहिन्छ भनेर सोध ।'

आज्ञाको पालन गर्दै आनन्द शहरको एक-एक घरमा गएर ढोका ढक्ढकाउँदै मानिसहरुलाई सोध्छन्,' तपाईलाई के चाहिन्छ?' तब मानिसहरूले भने, 'मेरो घरमा धन छैन, गरीब छौं कृपा भए हामी पनि धनी बन्न चाहन्छौं ।'

अर्को घरमा आनन्द पुगेर सोध्छन्, उनिहरु भन्छन्, 'हाम्रो परिवारमा छोरा छैन, यदि छोरा जन्मियो भने हाम्रो घरको दीपक बन्ने छ ।' कसैले भन्छन्, 'मेरो विहे भएको छैन, यदि मेरो विहे भयो भने मेरो घर पनि बस्ने छ अनि म सुखी हुनेछु ।'

फेरि अर्को घरका मानिसले भन्छन्, 'यदि मेरी छोरीको लागि एउटा राम्रो योग्य वर मिल्यो भने हामी सुख- चैनले सूत्न सक्नेछौं ।' यसैगरि कसैले घर, कसैले जमीन- सम्पत्ति, कसैले व्यापार राम्रो चलोस्, बढ़ोस् भनेर सांसारिक कामनामा वस्तुहरू मात्र मागे ।

अन्त्यमा आनन्द भगवान बुद्ध भएको ठाँउमा निराश हुदै फर्किन्छन् । बुद्धलाई प्रणाम गर्छन् र भन्छन्, 'प्रभु! कसैले पनि मोक्षको, भगवानको दर्शनको कामना गरेनन् ।'

तब भगवान बुद्धले मुस्कुराउदै भन्नभयो, 'आनन्द! यहि तिम्रो प्रश्नको जवाफ हो, जुन तिमिलाई स्वयं मिल्यो । कति वर्षदेखि मानिसहरूले मेरो सत्संग-विचारहरू सुनिरहेका छन्, तर कसैले पनि भगवानको दर्शनको, मोक्षको कामना मनमा गर्दैनन्, मानिसहरू सधै संसारको भौतिक चीजहरूकै मात्र कामना गरिरहन्छन् भने, तिमि स्वयं विचार गर कि उनीहरूको उद्धार कसरी हुनेछ ?'

आजको सबैभन्दा ठूलो आवश्यकता मानवको हृदयलाई परिवर्तन गर्नु हो । त्यो परिवर्तन केवल सत्संगद्वारा मात्र हुन्छ । यसकारण सत्संग एकदमै जरुरी छ । भनिएको छः
सत दारा अरु लक्ष्मी पापी घर भी होय।।
संत समागम हरि कथा तुलसी दुर्लभ दोय ।।

धन- सम्पत्ति, छोरा-छोरी, पति-पत्नी त चोर-डाका, जुवारी, पापीको घरमा पनि हुन्छ, तर सन्तहरुको साथ-संगत पाउनु दुर्लभ छ, कसै-कसैलाई मात्र मिल्छ । सन्त-महापुरुष सम्झाउँदछन् कि तिम्रो स्त्री-पुत्र, धन- सम्पत्ति सबै संसारमै छुटने छ, अन्तिम समयमा केवल भजन-भक्तिको कमाई मात्र हाम्रो साथमा जान्छ । त्यहि कमाई तिमिले जीवनमा गर्नुपर्छ ।

ज्ञानी व्यक्तिहरूले भौतिक चीजहरूको लालचदेखि टाढा रहनु पर्छ, नत्र अन्तिम समयमा प्रभुको याद गर्न कठिन हुनेछ ।  यस बारेमा भगवान श्रीकृष्णले भन्नुभएको छ, ' हे अर्जुन! जसले अन्तिम समयमा मेरो स्मरण गर्दै शरीर छोडछ, ऊ निश्चित रूपले मेरो अविनाशी परमधाममा जान्छ । फेरि उसको संसारमा जन्म-मरण हुँदैन, उसको आत्मा मुक्त हन्छ ।' ज्ञानी व्यक्ति समयका तत्वदर्शी सद्गुरुको शरणमा गएर आफुलाई समर्पण गर्छ । महापुरुषले भजन-सुमिरण, ध्यान गरेर जीवन सफल बनाउन आत्मको ज्ञान दिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ