उद्योग वाणिज्य महासंघ निर्वाचनको मत परिणाम आउन सुरु, ढकाल समूहले खोल्यो खाता
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १३ शनिबार
568
Shares
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। भर्खरै सुरु मतगणनाको पहिलो परिणाम अनुसार चन्द्र ढकालको समूहबाट संस्थापक सदस्य मध्येबाट केन्द्रिय सदस्यमा दामु अधिकारी निर्वाचित भएका हुन। उनले आफूसँगै प्रतिस्पर्धामा रहेका किशोर प्रधान समूहका उत्तमलाल चुकेलाई उछिनेका हुन। चुकेले जम्मा ५ मत ल्याएका छन। संस्थापक मत अन्तर्गत ७ मत पाएर निर्वाचित भएका अधिकारी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हुन।
उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन। आज राती अबेरसम्म सबै परिणाम आउने निर्वचन समितिले जनाएको छ।