- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेड (सेलपे) र नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लिमिटेड (फोनपे) बीच सहकार्य भएको छ। सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन्।
सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाइदा उठाउन सक्नुका साथै हरेक क्यूआर भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउने पे्रेस विज्ञप्ति जारी गरी जानकारी गराइएको छ। उक्त सम्झौतापत्रमा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लिमिटेडका तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरे।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस् भनी यो सहकार्य गरिएको बताइएको छ।
साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरुबीच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाइदा उठाउन सक्ने दावी गरिएको छ। यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव एक लाख ६० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन्।
सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एपबाट उक्त मर्चेण्टमा रहेको फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रूत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयल्टी पोइन्टस पाइने छ र
सेलपेबाट विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, विभिन्न पसल तथा रेष्टुरेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, सरकारी दस्तुरहरुको भुक्तानी, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी लगायतका वास्तविक समयमा गर्न सकिने जनाइएको छ।
सेलपे मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने प्रेस विज्ञप्तिमार्फत जनाइएको छ। सेलपे एप गुगल प्लेस्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिने छ। सेलपे एप डाउनलोड गरी तत्काल आफ्नो बैंक खाता लिंक गर्न सकिने जनाइएको छ।