arrow

सरकारको दमन खेपेको तनहुँमा कांग्रेसको विशाल प्रदर्शन, सत्तालाई चुनौती

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
tanahun-congress-protest.jpg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारको दमन र सर्वसत्तावादको बिरोधमा नेपाली कांग्रेसले आह्वान गरेको देशव्यापी प्रदर्शन विभिन्न जिल्लामा शुरु भएको छ। देशमा भ्रष्टाचार, हत्या, हिंसा एवं दमनका घटना बढेपछि कांग्रेसले जनताको इच्छा अनुरुप सरकार विरोधी आन्दोलनको अगुवाई गरेको हो।

हालै पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई नेकपा सरकारले स्थानिय प्रशासन र आफ्ना कार्यकर्ता परिचालन गरेर दुर्व्यवहार गरेको थियो । बिना कुनै गल्ती देशको व्यवस्थामाथि नै कम्युनिस्ट सरकारले लात हानेपछि सरकारप्रति रुस्ट रहेको तनहुँ कांग्रेसले आज विशाल प्रदर्शन गरेको हो ।

तनहुँमा नेपाली कांग्रेसको नेतृत्वमा आमजनसमुदायले सरकार विरोधी प्रदर्शन गरेको हो। कांग्रेसले मंसिर २९ गते देशव्यापी सरकारविरोधी आन्दोलन गरिरहेको छ । यसबीच तनहुँमा पनि जनस्तरबाटै नेकपा सरकारविरुद्ध विशाल प्रदर्शन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ