arrow

कांग्रेस सडकमा उत्रनु अघि बलायरले गरे सरसफाई

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
balayar3.jpg

डोटी । साबिकको क्षेत्रीय सदरमुकाम दिपायलमा नेपाली कांग्रेसका नेताहरु आइतबार भने फरक प्रस्तुतीमा देखा परेका छन् । नेताहरुका हातहातमा झाडु, बेल्चा र बोराहरु थिए । थुपरिएको डंगुरले बजार दुर्गन्धित भएपछि नेताहरुले आइतबार साझ सरसफाई गरे । उनीहरुले बजार जस्तै अहिलेको सरकार पनि दुर्गन्धीत भएकाले बिम्वात्मक रुपमा कांग्रेसले सरसफाइ गरेको बताए ।

सरसफाईमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरसहित पार्टी सभापति, नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी, महाधिबेशन प्रतिनिधी, महासमिति सदस्य लगायत नेता कार्यकर्ताहरु सहभागि रहेका थिए । नेपाली कांग्रेस डोटीले दिपायलमा सरसफाई गरेसंगै ब्यापारीहरुले समेत नेताहरुलाई सरसफाईमा साथ दिए । 

पूर्वमन्त्री बलायरले कम्युनिष्ट सरकारको ज्यादतीबिरुद्ध सोमबारबाट कांग्रेस सडकमा उत्रन गइरहेकाले कोभिड १९ को संक्रमणबाट बच्न सरसफाई गर्नु परेको बताए । ‘कोभिड १९ बाट बच्न बिश्वव्यापी  मान्यताहरुलाई पनि आन्दोलनका क्रममा ध्यान दिन पर्छ भन्ने सन्देश  हों’, बलायरले भने, ‘दिपायल सिलगढी नगरको लापरबाहीले  अहिलेसम्मकै बढी फोहोर देख्दा भोलीदेखि सुरु हुने आन्दोलनका  सहभागिलाई सुरक्षित बनाउन गाउघर र नगर सरसफाई गरिन लागिएको हो ।’ 
आन्दोलनबाट कांग्रेसले कम्प्युनिष्ट सरकारलाई घुडा टेक्न बाध्य  पार्ने समेत पूर्व मन्त्री बलायरले बताए । 

त्यस्तै गरी नेपाली कांग्रेसका कार्यकर्ताहरुले सिठ्ठी जुलुस समेत  निकालेका छन् । आइतबार साझ सरकारको बिरोध स्वरुप सिलगढी बजार,  दिपायल बजार र राजपुर बजारको परिक्रमा गरी कार्यकर्ताहरुले  मोटरसाइकलमा सिठ्ठी जुलुस निकालेका थिए । 

नेबिसंघका जिल्ला अध्यक्ष  गणेश खड्काले सरकार कान नसुन्ने गरी बहिरो भएकाले सिठ्ठी फुकेर  ब्याझाउन प्रयास गरेको बताए । आइतबार साझ डोटीका ६५ वटै वडामा  राकेके जुलुस निकालिएको नेपाली कांग्रेस डोटीका पार्टी सचिव नारायण जोशीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ