arrow

कपिलवस्तुमा पनि कांग्रेसको विरोध प्रदर्शन 

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
congress-kapilbastu.PNG

कपिलवस्तु । कपिलवस्तुमा समेत सरकारविरुद्ध बिरोध प्रदर्शन भएको छ । नेपाली कागेंस जिल्ला कार्य कार्य समिती कपिलवस्तुको आयोजनामा भएको बिरोध प्रदर्शनमा सहभागीले वर्तमान सरकार सर्वसत्ताबाद तर्फ उन्मुख भएको भन्दै बिरोध जनाएका थिए । 

सदरमुकाम तौलिहवाको बुद्धपद्धम माबिबाट शुरु भएको र्‍याली प्रशासन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । बिरोध सभालाई सम्बोधन गर्दै काग्रेसका केन्द्रिय सदस्य अतहर कमालले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरि सर्व सत्ताबादी चरित्र देखाउदै आएको बताए । 

बिरोध सभालाई सम्बोधन गर्दै साँसद तथा आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह, आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, लुम्बिनी प्रदेशसभाका बिपक्षी दलका नेता बिरेन्द्र कुमार कनौडिया, जिल्ला सभापति सुरेन्द्रराज आचार्य लगायतले कम्युनिष्ट सरकारको सर्वसत्तावादको प्रतिबादमा कडा प्रतिपाद गर्ने बताए । 

सो अवसरमा जिल्ला नेता पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधकार पाण्डेय लगायतले सरकारले लोकतन्त्रमाथी खेलवाड गरेको बताए । हजारौको संख्यामा जिल्लाका कार्यकर्ता तथा भातृ संस्थाका कार्यकर्ताहरु सहभागिता रहेको नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ