arrow

गल्ती गरे सोच्नुपर्ने बुद्धको एक कथा

logo
बुद्ध,
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
gautam_buddha.jpg

काठमाडौं । महात्मा गौतम बुद्ध आश्रममा बसेर सत्संग सुनाइ रहेका थिए । त्यहि समय उनका एक शिष्य त्यहाँ आए र रिसाउँदै भने- 'गुरुजी एक जमिनदारले मेरो अपमान गरे। हजुर तुरुन्तै गएर ती मूर्खलाई पाठ सिकाउनुपर्यो।'

शिष्यको यस्तो कुरा सुनेर बुद्धले मुस्कुराउँदै भने- 'प्रिय शिष्य! तिमी एक बौद्ध हौ र सच्चा बौद्धलाई अपमान गर्न सक्ने शक्ति कसैसँग हुँदैन। तिमी त्यो घटनालाई भुल्ने कोशिस गर, तिम्रो अपमान आफै हट्नेछ।'

बुद्धको  कुरा सुनेर पनि ती शिष्यको मन मानेन । उनले भने- 'गुरुजी ती धूर्तले हजुरलाई पनि नराम्रो शब्द प्रयोग गरेर गाली गरे। हजुर गएपछि उसको बुद्धि फिर्नेछ र क्षमा माग्नेछन्। अनि बल्ल म सन्तुष्ट हुनेछु।'

शिष्यको मनमा प्रतिकार र बदलाको भावना प्रबल हुन थालिसकेको बुद्धले बुझिसकेका थिए । उनले केहि विचार गरे र भने- 'ठीकै छ। यदि त्यस्तै हो भने म अवश्य उनलाई भेट्नेछु र सम्झाउने कोशिस गर्नेछु। हामी भोली विहानै जानेछौँ।' शिष्यले पनि हुन्छ भनी गुरुलाई प्रणाम गरे।

विहान भयो, घाम झुल्कियो, शिष्य पनि आफ्नै काममा लाग्न थाल्यो भने बुद्ध साधनामा! त्यो दिन यत्तिकै बित्यो, शिष्यले पनि केहि भनेन बुद्धले पनि सोधेन। अर्को दिनमा चाहिँ बुद्ध स्वयंले शिष्यलाई सोधे- 'आज जमिनदारकोमा जाने हैन?' तब शिष्यले नम्र हुँदै भने- 'नजाने गुरुजी! मैले त्यस घटनालाई धेरै पटक सोँचे र यो महशुस गरेँ कि गल्ती मेरै थियो। मलाई मेरो गल्तीको पश्चाताप पनि छ। अब उनलाई भेट्ने कुनै आवश्यक छैन ।' तब बुद्धले हाँस्दै भने- 'त्यसो भए त हामी जमिनदारलाई भेट्न अवश्य पनि जानैपर्ने हुन्छ। आफ्नो गल्तीको लागि क्षमा याचना गर्नुपर्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ