arrow
ADVERTISEMENT

कांग्रेस वडाध्यक्ष धामीका हत्यारा चार जनालाई जन्मकैद

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
arrest-final.jpeg

डोटी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

वडाध्यक्ष धामी विसं २०७७ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला परेका थिए । मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले हत्या गरेको भन्दै उनीहरुका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्न रहेको आरोप लागेका अन्य पाँच जनाको कसुर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ