arrow

भेडेटारमा नेकपा र राप्रपाका सयौं नेता–कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
sunil-bahadur-thapa1.jpg

धनकुटा । धनकुटाको भेडेटारमा नेकपा र राप्रपाका सयौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा उनीहरु नेकपा र राप्रपा त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । 

राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने २ सय ४ जना नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै कांग्रेस सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापति अग्नी प्रसाद पौडेल, प्रवेश नम्वर १ का सांसद लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई, युवा नेता कमट फागु, क्षेत्रीय सभापति जितेन्द्र राई, सागुरीगढी गाउँपालिका सभापति यम प्रकाश मगर लगायतका नेताहरु लगायतका नेताहरुले टीका अविर माला लगाइदिएका थिए । 
 
सो अवसरमा पूर्व मन्त्री तथा कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले मुलुकको विद्धमान समस्याहरु समाधान गर्न नेपाली कांग्रेसले मात्र सक्ने बताए । उनले अहिले मुलुकमा संवैधानिक संकट आएको समेत बताए । 

त्यस्तै मनोहर नारायण श्रेष्ठले लोकतन्त्र संकटमा पर्दै गएकाले अव लोकतन्त्रको रक्षाका लागि कांग्रेस अग्रसर भएको बताए । प्रदेश सभाका सदस्य लिला सुब्बाले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको बताए । 

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रममा उपसभापति नविन किशोर शाक्य, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु रमेश ईवाहाङ्ग, नेपालधन राई, क्षेत्रिय सभापति जितेन्द्र राई, सागुरीगढी गाउँपालिका सभापति यम प्रकाश मगर लगायतले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले गाउँगाउँमा जागरण अभियानका साथ अगाडि बढ्नु पर्नेमा जोड दिए । 

 सो अवसरमा संविधान सभा सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस धनकुटाका सहसचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागु,महोन वान्तवा, सुमन तिम्सिना, खेम पौडेल, निर्मल ओझा, राजेन्द्र पौडेल, प्रिती राई, नेपाल प्रेस युनियन धनकुटा अध्यक्ष हिमा चेम्जोङ्ग, सागुरी गढी वडा नं ५ का वडाध्यक्ष पलक वस्नेत, शहीदभूमि गाउँपालिका सभापति तिर्थ राई, छथरजोरपार्टीका सभापति छत्र सुब्बा, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकटाका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो, सचिव नरेन्द्र कस्चित, क्षेत्रिय सचिव खड्ग लिम्बु, क्षेत्रिय सदस्य शुक्र राई, नेपाली कांग्रेसका सागुरीगढी गाउपालिका वडा सभापतिहरु भूपेन राई, योगेन्द्र ईवा,ओम प्रकाश लिम्बु, प्रिती राई, विष्णु आचार्य, विष्णुबहादुर राई, प्रकाश राई, भुपाल राई, अमल बहादुर रार्इले क्रियाशिल सदस्यको बारेमा छलफल गर्दै सक्रिय सहभागीता रहेको थियो ।  

पार्टी प्रवेश कार्यक्रममा राप्रपा सागुरीगढीका र नेकपाबाट प्रवेश गर्नेहरुमा राधिका लिम्बु, चन्द्र याक्खा,राजेन्द्र कुमार इङ्नाम, पुस्कर लिमबु,किशान लिम्बु,ओम कुमारी राई,सुमन इवाहाङ,सुरेश कुमार नयोङहाङ्ग, हर्क वहादुर लिम्बु, हरी भण्डारी, रामबहादुर मगर, चन्द्रकला राई, बलवीर लिम्बु, रामकुमार याक्खा, सुरज लिम्बु, विष्णु याक्खा, महेन्द्र घिमिरे,रुपेश याक्खा, विजय लिम्बु, बलि याक्खा, दिपेन थेगिम, रुपेश याक्खा, हिमाल ध्वज लिम्बु, कसम तामाङ्ग, विष्णु तामाङ्ग, रामप्रसाद मगर, सुरज लिम्बु, पदम थेगिम, रामकुमार याक्खा, अरुण घिमिरे, सुरज लिम्बु, चित्रकला मगर, रामप्रसाद मगर, बलवीर लिम्बु, डेनिश घिमिरे, इन्द्र याक्खा, सविन याक्खा, दामदीम राई, रुपा राई, सविन राई, महेन्द्र लिम्बु, हर्क लिम्बूलगायत २ सय ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेको क्षेत्रिय सभापति जितेन्द्र राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ