arrow

कपिलवस्तु कांग्रेस सरकार विरुद्ध होमिदै

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ पुष ११ शनिबार
kapilvastu-congress1.jpg

कपिलवस्तु। संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तु आन्दोलनमा होमिने भएको छ। नेपाली कांग्रेस क्षेत्र नं-३ खले कृष्णनगर उद्योग वाणिज्य संघमा राखेको देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कांग्रेसको भुमिका विषयक कार्यक्रममा जिल्ला तथा केन्द्रीय नेताहरुले १३ गतेबाट नै सरकार विरुद्ध विरोध र सडक आन्दोलनमा उत्रने बताएका छन्।

कार्यक्रममा बोल्दै पुर्व न्त्री एवं पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथि खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपती जनाउदै जिल्लाका निर्वाचन क्षेत्र तथा पालिकाहरुमा त्यसको विरुद्ध खरो रुपमा उत्रन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

३ वर्षमा जनतालाई सास्ती मात्र दिएको सरकारले लोकतन्त्रलाई समेत धरापमा पारेको हुदा अव  लोकतन्त्रको रक्षा गर्ने र जनताको पार्टी नेपाली कांग्रेस मात्र भएको बताए।  त्यस्तै युवा नेता एवं पार्टीका आमन्त्रीत केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले अवको समय नेपालमा कांग्रेसको शासन चल्ने बताए। ३ वर्ष नेकपा पार्टीले पाएको बहुमतबाट जनता आजित भएको भन्दै ९ महिना बन्द रहेको पशुपतिाथ मन्दिरको ढोका खोले संगै नेपाली कांग्रेस पनि अब शसत्त रुपमा आएको बताए।

३ वर्ष समेत सरकार चल्न नसक्ने नेकपा पार्टी पतन भएको भन्दै अव नेपाली कांग्रेसले ३० वर्ष शासन चलाउने शाहले बताए। त्यस्तै कार्यक्रममा केन्द्रीय आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंहले वर्तमान सरकारको पालामा जनताले एक बोरा मलखाद पनि पाउन नसकेको र विकास निमार्ण जस्ता काम पनि गर्न नसकेकोले आगामी दिनमा नेपाली कांग्रेसको पक्षमा जनलहर चलेको बताए। साथै असंवैधानिक कार्य र जनविरोधी कार्य गर्ने नेकपा सरकार विरुद्ध एकजुट भएर लाग्ने समय आएको समेत सिंहले बताए।

कार्यक्रममा पुर्व पार्टी जिल्ला सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, प्रदेश सभा सदस्य रिना नेपाल, जिल्ला सचिव प्रेम बहादुर रायमाझि, क्षेत्रिय सभापति अकेल मिया, गिरिजश कुमार पाण्डेय,  युवा नेता अजय थापा,  हरि पोख्रेल,राजेश ज्ञवाली, शत्ति सिंह ठकुरी, मिना केसी, तिलक थापा लगायतले बर्तमान राजनैतिक अवस्थाको बारेमा चर्चा गरेका थिए। क्षेत्रिय सभापति विनय कुमार गिरिको अध्यक्षता र अमर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

त्यस्तै नेपाली कांग्रेसले केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंबैधानिक कदम विरुद्ध यहि १३ ते प्रत्यक निर्वाचन क्षेत्रमा विरोध सभा गर्ने जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए। क्षेत्र नं १ को  बुद्ध रंगशालामा कार्यकर्ता जुटेर ४ नं जितपुरमा विरोध प्रदर्शन गर्ने क्षेत्रिय सचिव प्रेम प्रसाद पौडेलले बताए। त्यस्तै क्षेत्र नं २ को महाराजगंज नगरपालिका क्षेत्रमा विरोध सभा गर्ने क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठले बताए। उता क्षेत्र नं ३ मा शिवराज नगरपालिकाको चन्द्रौटामा विरोध सभा गर्ने तयारी भएको क्षेत्रिय सभापति अकेल मियाले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ