arrow

कञ्चनपुर कांग्रेसले पुस १३ गते १० हजार कार्यकर्ता सडकमा उतार्ने

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ पुष ११ शनिबार
kanchanpur-congress2.jpg

कञ्चनपुर। प्रधानमन्त्री ओलिद्वारा गरिएको संसद विघटनको घटना असंवैधानिक कदम भएको भन्दै नेपाली कांग्रेसले कञ्चनपुरको बेलौरीमा पुस १३ गते बृहत बिरोध सभाको तयारी थालेको छ। नेकपा अध्यक्ष समेत रहेका केपी ओलिले पुस ५ गते जननिर्वाचित प्रतिनिधिसभा विघटन गरे लगत्तै नेपाली कांग्रेसले देशभर पुस १३ गते बिरोध सभा गर्ने निर्णय र निर्देशन अनुसार बिरोधसभाको आयोजनाको तयारी थालिएको हो।

कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा नेपाली कांग्रेसले व्यापक नेताकार्यकर्ता सडकमा उतार्दै प्रधानमन्त्री ओलिको अधिनायकवादी चरित्रको कडा बिरोध गरिने नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा पुर्व सासद दिवानसिंह बिष्टले बताए।

संबिधान बिपरित जननिर्वाचित प्रतिनिधिसभा विघटन गरि प्रधानमन्त्री ओलिले निरंकुश र अधिनायकवादी चरित्र प्रदर्शन गरेको कदमका बिरुद्ध नेपाली कांग्रेसले देशभर एकसाथ प्रदर्शन गरिने बिरोधसभामा सबै लोकतन्त्रवादी नेता कार्यकर्तालाई सहभागिताका लागि अपिल गरेका छन्।

प्रधानमन्त्री ओलिको गैर संबैधानिक संसद विघटनको कदमका बिरुद्ध नेपाली कांग्रेस क्षेत्र नम्बर-१ कञ्चनपुरले पुस १३ गते १० हजार नेताकार्यकर्ता सडकमा उतार्ने तयारी गरेको क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए।

सभापति उपाध्यायले पुस १३ गते बिहान ११ बजे बेलौरी स्थित खुलामञ्चमा उपस्थितिका लागि नेता कार्यकर्ताहरुमा अपिल गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ