arrow

उपमेयर लडेकी खडायतसहित ४१ जना कांग्रेसमा प्रवेश, पूर्वमन्त्री बडूले गरे स्वागत

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
madhavi-dhami.jpg

दार्चुला । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चुनाव लडेकी माधवी धामी खडायत कांग्रेस प्रवेश गरेकी छिन् । जिल्लाको शैल्यशिखर नगरपालिकाको उपमेयर लडेकी माधवी धामी खडायत कांग्रेस प्रवेश गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै पार्टीमा दुई धारमा बाँडिएका नेकपाका कार्यकर्ता कांग्रेस प्रवेश गर्न थालेका छन् । माधवीका साथै युवा संघ शैल्यशिखर कमिटिका उपाध्यक्ष सुरेश खडायत लगायत ४१ जनाले कांग्रेस प्रवेश गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए ।

सोमवार मार्मा गाउँपालिकामा आयोजना गरिएको संसद विघटनको विरोध सभा कार्यक्रमबाट उनलाई नेपाली कांग्रेसका पूर्वमन्त्री एवं केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा बिक्रम बहादुर सिंह, राम सिंह विस्ट, नरेन्द्र प्रसाद भट्ट, पुर्ण सिंह महर, गणेश सिंह बोहरा, उमेश सिंह विस्ट, दिवाकर विस्ट रहेका छन् । यस्तै दमन बहादुर खडायत, गौरी लाल खडायत, हरि दत्त भट्ट, हिरा दत्त भट्ट, धिरेन्द्र बहादुर सिंह, मोहन बहादुर सिंह, अमर दत्त भट्ट, सन्तोष लुहार, दिलिप सिंह विस्ट, डम्मर कुमार डाँगा, माधव नेपाली, गणेश सिंह साउँद, नारायण विस्ट, वसन्त सिंह बोहरा, अमर सिंह ओड, पदम राज भट्ट, मनोज ठगुन्ना, मन्धिर सिंह ठगुन्ना, गणेश सिंह महरा, पदम टमटा, पुर्ण सिह ठगुन्ना, रमेश सिंह ठगुन्ना, महेन्द्र बहादुर सिंह, नरेन्द्र टमटा लगायतकाले पार्टी प्रवेश गरेको सभापति बोहराले बताए ।

नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूले कम्युनिष्टहरू झुठको खेतीमा लागेर जनतालाई दुःख दिने कार्यमा लागेकाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् । उनीहरूले लोकतन्त्र रह्यो भने मात्रै देश र जनताको भविष्य उज्वल हुने भन्दै कम्युनिस्टहरूको मिठा गफमा नफस्न सबैलाई अपील गरेका छन् । नेपाली कांग्रेस सभापति ललित सिंह बोहराको अध्यक्षतामा भएको विरोध कार्यक्रमलाई कांग्रेस केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूले संम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ