arrow

रंगशाला बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालले दियो २५ लाख

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २० सोमबार
dhurmush-suntai-foundation-.jpg

काठमाडौं । चितवनको भरतपुरमा निमार्ण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।   

रंगशाला निमार्णस्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्।  रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए । धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो। 

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण  भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक अट्ने क्षमताको हुने छ । ४ ओटा गेट रहने रंगशालाको मुख्य गेटको डिजाइन स्तुपा आकारको  हुनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ