arrow

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

logo
एएफपी,
प्रकाशित २०७७ पुष २१ मंगलबार
kane-williamson.jpg

क्राइस्टचर्च । केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो ।

न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत २३८ रन बनाएर आउट भएका थिए । न्यूजील्यान्डका लागि हेनरी निकोल्सले १५७ तथा डेरिल मिचेलले १०२ रन बनाएर महत्वपूर्ण योगदान दिएका थिए ।

तेस्रो दिन छ विकेटको क्षतिमा ६५९ रन बनाएर न्यूजील्यान्डले पहिलो इनिङ समाप्त भएको घोषणा गरेको छ । यो घोषणासँगै न्यूजील्यान्डले पाकिस्तान विरुद्ध ३६२ रनको विशाल अग्रता बनाएको छ ।

पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो ।

तेस्रो दिन नै दोस्रो इनिङ शुरु गरेको पाकिस्तानले एक विकेटको क्षतिमा ८ रन बनाएको छ । पाकिस्तानका शान मसूद कुनै रन नै नबनाई आउट भएका छन् ।

दुई टेस्टको यस शृंखला अन्तर्गत पहिलो खेलमा न्यूजील्यान्ड विजयी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ