arrow

सुवास नेम्वाङको 'निरिहता' प्रति गगन थापाको कटाक्ष, संविधानमाथि 'कु' हुँदा कहाँ लुक्नुभयो अध्यक्षज्यू?

संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालत संविधानको पक्षमा उभिने विश्वास

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
gagan-baneshwor.jpg

काठमाडौं। आफ्नै नेतृत्वमा बनेको संविधानमाथि 'कू' हुँदा समेत त्यसको पक्षमा नउभिएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निरिहताप्रति गगन कुमार थापाले कटाक्ष गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजलाशमा बुधवारबाट सुनुवाई हुन लागेकै बेला थापाले सामाजिक संजालमा आफ्नो धारणा राख्दै थापाले संविधानमा 'कु' हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने अध्यक्ष नेम्वाङको 'निरिहता' देख्दा दया लागेको बताएका हुन् । प्रधानमन्त्री केपी ओलीले संविधानको 'कु' गर्दै संसद विघटन गरेको बिषयमा कसैले केही सोध्लान की भनेर संविधानसभाका अध्यक्ष नेम्वाङ लुकेर बस्दै प्रश्नबाट भागेकोमा थापाले आश्चर्य प्रकट गरेका छन्। 

'प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ,' थापाले अगाडी भनेका छन्, 'मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर "श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय(Legislative Intent)यस्तो हुँदै होइन" भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।'

आफैले बनाएको संविधानमा 'कु' हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने अध्यक्षको यो तहको 'निरिहता' देख्दा दया लागेको जनाउँदै थापाले अगाडी भनेका छन्, 'संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ